Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघको २५ औं महाधिवेशन शुरु

देशभरका पत्रकार  काठमाडौँमा

fnj_election_13_HPGdty4vy-1503233412.JPG


४ भदौँ ,काठमाडौँ ।  नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आइतबार बाट काठमाडौँमा सुरु भएको छ । ‘व्यावसायिक पत्रकारिताको आधारः प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले  एक समारोहका बिच उद्घाटन गरेका हुन ।

उद्घाटनमा बोल्दै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वय गर्न र लोकतन्त्रलाई संस्थागत गर्न  प्रेसलाई अझै बढी जिम्मेवार भएर अघी बढन  आग्रह गरेका छन  भने आफुले सञ्चार क्षेत्रको विकासमा  सहयोग गर्ने प्रतिवद्धता समेत  व्यक्त गरेका छन  । कार्यक्रममा सरकारका प्रवक्ता एवम् सूचना तथा संञ्चारमन्त्री मोहनबहादुर बस्नेतले  संचारमैत्री वातावरण निर्माणमा आफू लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्दै कृष्णप्रसाद भट्टराई संचार प्रतिष्ठान स्थापना गर्ने आफनो लक्ष्य रहेको बताए ।  त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले महासंघले पुराना र पीडित पत्रकाहरुलाई सामाजिक सुरक्षाका विषयमा सम्बोधन गर्ने प्रयास भईरहेकोले पत्रकारहरुलाई निराश नहुन अनुरोध गरे । कार्यक्रममा कृष्णप्रसाद भट्टराई राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार बिजयकुमार पाण्डेय र गोविन्द वियोगी राष्टिय पत्रकारिता पुरस्कारबाट पत्रकार भैरव रिसाललाई पुरस्कृत गरिएको थियो । 
सोमबार नेतृत्व चयनका लागि मतदान हुने  महाधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि ४५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।  महासंघको नेतृत्वका लागि अध्यक्षमा काँग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरको समर्थनमा  गोविन्द आचार्य , नयाँ शक्ति पार्टी, नेपाल, संघीय समाजवादी फोरम, नेपाल लगायतका पार्टी निकट पत्रकार संगठनहरुको समर्थनमा एमाले निकट प्रेस चौतारीमा तीर्थ कोइराला र उजिर मगरले उम्मेदवारी दिएका छन् । निर्वाचनमा सहभागी हुन देशभर र प्रवासबाट गरी कुल १ हजार ५ सय प्रतिनिधि  काठमाडौँमा भेला भएका छन् । 


 

20953687_1789178807776615-1503233413.jpg

उपाध्यक्ष पदका उम्मेदवार विपुल पोखरेलसंग मकवानपुरे पत्रकार


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार