१० असार, हेटौंडा । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि रू. १८ अर्व ९५ करोड ७७ लाख १२ हजारको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ ।
बिहिबार काठमाडौं महानगरपालिकाको नगर सभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७८÷७९ का लागि अनुमानित आयव्ययको विवरण सहित बजेट कार्यक्रम प्रस्ताव गरेकी हुन् ।
आगामी आर्थिक वर्षमा कोभिड–१९ महामारीले निम्त्याएको जटिल परिस्थितिलाई सम्बोधन गर्दै करदाताहरुबाट असूल हुन बाँकी रहेको आर्थिक बर्ष २०७६÷०७७ देखिको सबै प्रकारका कर बक्यौतामा लाग्ने जरिवानामा छुट गर्ने प्रस्ताव गरिएको छ ।
यस्तै २०७८÷७९ को सम्पत्ति करमा ८० (असी) प्रतिशत छुट दिने र२०७८ पुस मसान्तसम्म सम्पत्ति कर चुक्ता गरेमा १० प्रतिशत थप छुट दिने प्रस्ताव महानगरले गरेको छ । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ ।
बजेटमा कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धन जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।
महानगरपालिकाले आगामी आर्थिक वर्षमा महानगरवासीका लागि नेपाल सरकारको स्वास्थ्य विमा कार्यक्रममा ५० प्रतिशत विमा शुल्क व्यहोर्न बजेट विनियोजन गरेको छ । यसैगरी ज्येष्ठ नागरिक विशिष्टीकृत सेवा सहितको महानगर विशेष अस्पताल सञ्चालन गर्न पनि बजेट विनियोजन गरेको छ ।
‘मेयर उज्यालो कार्यक्रम, कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचार, प्रत्येक वडामा कम्तिमा एउटा सार्वजनिक शौचालय, प्रत्येक वडामा एक नमुना विद्यालय, प्रत्येक वडामा न्यूनतम एउटा पार्क, ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्यलगायतका सेवा सुविधाहरूलाई पनि बजेटमा समावेश गरिएको छ ।
त्यस्तै महानगरपालिकाले ज्येष्ठ नागरिक मिलन केन्द्र, मेलमिलापबाट स्थानीय विवाद समाधानलाई प्राथमिकता, अपाङ्गता भएका महानगरवासीहरुका लागि सहयोग, मानवअधिकार प्रवद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, आधारभूत शहरी भौतिक पूर्वाधार, संस्कृति तथा सम्पदा संरक्षण, स्थानीय भाषाको संरक्षण र प्रवद्र्धन, उद्यमशिलता प्रवद्र्धन, विद्युतीय शासनको प्रवद्र्धन, युवासँग मेयर, पौरखी मेला, खेलकूदको विकास, जीवन निर्वाहका लागि पारिश्रमिक लगायतका कार्यक्रमका लागि पनि बजेट विनियोजन गरेको छ ।
यस्तै महानगरले घर धनीले बुझाउने बार्षिक बहाल कर रकमको दशप्रतिशत वा पच्चीस हजार रुपैंया मध्ये जुन रकम कम हुन्छ सो रकम छुट दिने प्रस्ताव बजेटमा गरेको छ । महानगरपालिका नगर सभामा पेश गरेको बिधेयकमा व्युटिपार्लर र सैलुन व्यवसायमा पनि व्यवसाय कर नलिने घोषणा गरेको छ ।
होटल, रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्बसाधारणका लागि समेत निःशुल्क सेवा उपलब्ध गराएमा व्यवसाय करमा ५० प्रतिसत छुट दिने पनि घोषणा गरेको छ ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

