Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सिन्धुपाल्चोकको विपदमा सरकारले वेवास्ता गरेकोमा संसदमा आक्रोश

Screenshot_20210702-14053-1625213934.jpg

१८ असार, हेटौंडा । सिन्धुपाल्चोकमा केही दिन अघि र गतबर्षको विपदमा सरकारले वेवास्ता गरेकोमा संसदमा सांसदहरूले आक्रोश पोखेका छन् ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले संघीय र प्रदेशले सिन्धुपाल्चोक विपद पीडितप्रति वेवास्ता गरेकोमा आक्रोश पोखेका हुन् ।
सांसद रमेश पौड्यालले सरकार सिन्धुपाल्चोक विपदप्रति गैरजिम्मेवार बनेको बताए । उनले सरकारले विपद न्युनिकरणका लागि पूर्वतयारीको काम गर्न चुक्दा पटक पटक सिन्धुपाल्चोकबासी विवदको पीडा झेल्न बाध्य भएको बताए । प्रदेश सरकारलाई तत्काल स्थानीय सरकार र संघसंस्थासंग सहकार्य गरि अघि बढ्नुपर्नेमा जोड दिए ।
सांसद युवराज दुलालले सिन्धुपाल्चोकमा भएको जनधनको क्षतिमा प्रदेश सरकारले ठोस काम थाल्नुपर्नेमा जोड दिए । उनले अर्बौं रकम लिएर प्रदेश सरकारले सिन्धुपाल्चोकका लागि केही नगरेकोप्रति उनको आक्रोश पोखे । उनले सिन्धुपाल्चोकको विपद क्षेत्र बागमती प्रदेशमै छ भन्ने प्रश्न गर्दै सरकारले नालायकीपन देखाएको बताए ।
बैठकमा बोल्दै सांसद राजेन्द्र पाण्डेले सिन्धुपाल्चोकमा विपदबाट समस्यामा परेकाहरूलाई राहतको काम गर्नुपर्ने, यातायात सुचारू हुने व्यवस्था गर्नुपर्ने र खोला व्यवस्थापन गरि बाँकी रहेको बस्ती र खेतबारी संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सांसद सुरेन्द्रराज गोसाईले बागमती प्रदेश सरकार हेटौंडामा नभई सिन्धुपाल्चोकमा पुगोस् भन्दै कटाक्ष गरे । विपदको हेलिकप्टरबाट अवलोकन गरि सरकारले प्रतिवेदन मात्रै तयार गर्ने भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।
बैठकमा प्रदिपकुमार कटुवाल क्षेत्रीले सिन्धुपाल्चोक र सिन्धुलीमा भएका विपदमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । बैठकमा सांसद घनश्याम दाहाल, विशाल खड्का, राजकाजी महर्जन, रिना गुरूङ, रमा आले मगर लगायतले धारणा राखेका थिए ।
बैठकमा प्रदेश मामिला समितिका सभापति माधव पौडेल समितिले सिन्धुपाल्चोकमा गरेको अवलोकनको प्रतिवेदन संसदमा पेश गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार