Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

सरकारलाई आमसंचारगृह चलाउने निर्णय फिर्ता लिन सांसदहरूको माग

Screenshot_20210702-15410-1625219663.jpg

१८ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आमसंचारगृह चलाउने निर्णय गरेकोमा विरोध गर्दै सांसदहरूले यो निर्णय फिर्ता लिन माग गरेका छन् ।
शुक्रबार प्रदेशसभामा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् । 
बैठकमा सांसद प्रेमबहादुर पुलामीले समृद्धि हासिल गर्न अघि बढ्नुपर्ने सरकार चौथो अंग संचारक्षेत्रमाथि नियन्त्रण गर्नेतर्फ अग्रसर हुनु आपत्तिजनक भएको बताए । उनले बजेट पुस्तिकाको १४४ नम्बर बुँदामा प्रदेश सरकारले आम संचारगसह चलाउने बुँदा रहेको भन्दै यथाशीघ्र फिर्ता लिन माग गरे । सरकारलाई अहंकार र घमण्ड छोड्न सांसद पुलामीको आग्रह थियो ।
त्यस्तै सांसद विशाल खड्काले पत्रकारले समेत सकारलाई ध्यानाकर्षण गराउनुपर्नु  गर्नुपर्नु अवस्था कसरी आयो भन्दै यसतर्फ गम्भीर हुन आग्रह गरे । सांसद गिता वाग्लेले आफै संचारगृह चलाएर पत्रकारलाई भजनमण्डली बनाउने काम नगर्न माग गरिन् । उनले यसअघिका सरकारी संचारगृहको उदाहरण दिंदै अब त्यसको आवश्यकता नरहेको बताइन् । सांसद पुकार महर्जनले तनाशाही उदय हुनखोज्दा संचारक्षेत्रलाई नियन्त्रण गर्न खोज्ने बताउँदै उनले प्रदेश सरकारले संचारगृह संचालन गर्न १० करोड छुट्याउनु त्यसैको उदाहरण भएको बताए । उनले सरकार नियमनमुखी हुनुपर्नेमा नियन्त्रणमुखी भएको भन्दै आपत्ति जनाए । सांसद सीता अधिकारीले सरकारले साना मिडियाको संरक्षण गर्नुपर्नेमा मिडिया संचालन गर्न खोजेकोमा आपत्ति जनाउँदै संचारगृह संचालन गर्ने बुँदा खारेज गर्नुपर्ने माग गरिन् । सांसद विजया केसी श्रेष्ठले संचारक्षेत्रलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनाउन माग गरिन् । सांसद सन्तबहादुर चेपाङ र ओम घलानले सरकारलाई संचारगृह संचालन गर्ने बुँदा हटाएर चौथो अंगको मान्यतालाई स्थापित गर्न माग गरे । सांसद रमेश पौड्यालले सरकार आफैंले संचारगृह चलाउनु गलत भएको भन्दै संचारक्षेत्रलाई नियमन गर्ने काम उनीहरूलाई नै दिनुपर्नेमा जोड दिए । कांग्रेस प्रमुख सचेतक राधा घलेले सरकारले संचारक्षेत्रलाई अंकुश लगाउन आफुले संचारगृह खोल्न खोजेको भन्दै कुनैपनि हालतमा त्यसतर्फ अघि नबढ्न सुझाव दिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार