Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

बागमती प्रदेशको बजेट असन्तुलित भएको गुनासो, मन्त्रीले दिए जवाफ

Text-Over-Photo1625231074-1625231295.jpg

१८ असार, हेटौंडा । बागमती प्रदेशसभामा राजस्व र व्ययमाथिको शुक्रबारको छलफलमा सांसदहरूले बजेट असन्तुलित भएको गुनासो गरेका छन् ।
बैठकमा बोल्दै सांसद राजेन्द्रप्रसाद पाण्डेले आफुले संसदमा पटक-पटक बजेट असन्तुलित भएको बताउँदै आएपनि सरकारले वेवास्ता गरेको बताए । कतिपय सांसदहरूको योजना नपर्ने अवस्था रहेको बताउँदै सत्तापक्षकै सांसद उनले बजेट बाँडफाँड गर्नेले समानुपातिक वितरण गर्नुपर्नेमा जोड दिए । ३ बर्षदेखि बजेटमा भएको असन्तुलनको अन्त्य र बजेट खर्च नहुने समस्याको अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
सांसद न्हुक्षेनारायण श्रेष्ठले पनि बजेट असन्तुलित रहेको बताए । उनले सरकारले असन्तुलित मात्रै नभई खर्च गर्न नसक्ने गरि बजेट खर्च गर्न नसकेको बताए ।  बजेट हचुवाको भरमा विनियोजन र खर्च भइरहेको उनको भनाइ थियो । सरकारले बढिमा ६० प्रतिशतमात्रै खर्च गर्न सक्ने बताउँदै प्राथमिकता पनि फेरबदल भईरहेकोमा आपत्ति जनाए । बजेट खर्च नहुनु र असारमै खर्च गर्नुको कारण के हो भन्दै सरकारसंग प्रश्न गरे । उनले यसलाई पार्टीको गुटको बजेटको संज्ञा दिए ।
सांसद लालकुमारी पुनले बजेट झण्डावाला र 'एसम्यान'हरूको पक्षमा रहेको बताउँदै बजेट असन्तुलित रहेको बताए । बजेट समपुरक र ससर्त बजेटमा विभेद गर्न सरकारलाई 'लाज' लाग्नुपर्ने बताए । बजेट पास गर्न एमाले माधव पक्षलाई बजेटको प्रलोभन दिनु लज्जास्पद विषय भएको बताइन् ।
बैठकमा सांसद राजेन्द्रमान श्रेष्ठले पनि बजेट सन्तुलित अझै हुन नसकेको भन्दै सच्याउन ध्यानाकर्षण गराए । बैठकमा सांसद प्रेमबहादुर पुलामीले स्रोत सुनिश्चितता नभई बजेट ल्याउने काम रोकिनुपर्ने बताए ।
बैठकमा सांसद गीता वाग्ले, देवकी श्रेष्ठ, भावना सुवेदी, चेतनाथ संजेल, भीमसेन खत्री, रिना गुरूङ, राजेन्द्र सिम्खडा, प्रदिप कटुवाल क्षेत्री, विजया केसी श्रेष्ठ, शान्तिप्रसाद पौडेल, सन्तबहादुर प्रजा, राधा घले लगायतले धारणा राखेका थिए । 
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जवाफ दिएका थिए । योसंग राजस्व एवं व्ययमाथिको छलफल सकिएको छ । बैठकमा मन्त्री ढुंगेलले विनियोजन विधेयक पेश गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

अधिकार प्राप्तिका लागि श्रमिक वर्गको अविस्मरणीय योगदान : प्रमुख शर्मा
yadav-chandra-sharma-1714527108.jpg

१९ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मनाइँदै गरिएको १३५ औं अन्तराष्ट्रिय...

मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्छ: राष्ट्रपति
president-Ram-chandra-pou-1714526058.jpg

१९ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गर्नुपर्नेमा...

भीम विराग प्रतिष्ठानले शनिबार ११ जनालाई सम्मान गर्ने
Capture-1714525569.JPG

१९ बैशाख, हेटौंडा । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले यही २२ गते शनिबार विभिन्न विधाका ११ जनालाई...

नेपाल र वेस्ट इन्डिजबिचको तेस्रो खेल बुधबार हुँदै
20240501_065307-1714525749.jpg

१९ बैशाख, हेटौंडा । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ।  खेल कीर्तिपुरस्थित त्रिवि...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714524817.jpg

१९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, गण्डकी र कर्णाली...

थप समाचार