Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

कृषि ज्ञान केन्द्र चितवनको टोली र पत्रकारद्वारा कृषि फार्मको अवलोकन

CollageMaker_20210714_175-1626266132.jpg

सुनिल शिवाकोटी

३० असार,हेटौंडा। मकवानपुर र चितवन जिल्लाको विभिन्न स्थानमा रहेको कृषि फार्मको अवलोकन तथा अनुगमन गरिएको छ।  

कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा ज्ञान केन्द्रका प्राविधिक,कर्मचारी तथा चितवन र मकवानपुरका पत्रकारहरुको संयुुक्त टोलीले कृषि फार्मको अवलोकन तथा अनुगमन गरेका हुन।  

कृषि ज्ञान केन्द्र चितवनको वार्षिक कार्यक्रम अन्तर्गत चितवन र मकवानपुरका पत्रकारहरू सहितको करिब ३१ जनाको टोलीले तिन दिने कार्यक्रम अन्तर्गत   चितवन र मकवानपुरमा ज्ञान केन्द्रको अनुदानमा सञ्चालित  कृषि फार्महरूको अवलोकन र अनुगमन गरिएको हो। 

जस अनुसार असार २८ गते सोमबार चितवनको माडीमा प्रदेश सरकारको सामुहिक खेती कार्यक्रम (चक्लाबन्दी आयोजना) र प्राङगारिक अनुसन्धान केन्द्र तथा फार्म स्थापना कार्यक्रमको अवलोकन गरिएको हो। त्यसैगरी २९ गते मंगलबार चितवनको भरतपुरमा ड्राइगन फुडको नमुना कार्यक्रमको अवलोकन गरिएको थियो भने २९ गते मंगलबार नै मकवानपुरको मनहरी गाउँपालिकामा लगाइएको ड्राइगनखेती,कागती पकेट क्षेत्र र मंगलबार दिउँसो मकवानपुरको उत्तरी क्षेत्रको थाहानगरको दामनमा रहेको शितोष्ण वागवानी नर्सरी केन्द्रको अवलोकन गरिएको हो।त्यस्तै ३० गते बुधबार केन्द्रको अनुदानका सञ्चालित हेटौंडाको दुई वटा वडामा रहेको नमुना कृषि फार्मको अवलोकन गरिएको थियो। 

बुधबार दिउँसो  हेटौंडा ८ कमानेमा  उमानाथ आचार्य र केशव कुमार शाहीले सञ्चालन गरेको उच्च प्रविधियुक्त संरक्षित तरकारी खेती कार्यक्रम र हेटौंडा १५ ठुलो सुकौलीमा सक्रिय महिला समूहले सञ्चालन गरेको एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना फार्म कार्यक्रम अन्तरगत प्लाष्टिक घरमा लगाइएको  तरकारी खेतीको अवलोकन गरिएको हो। 

अवलोकन तथा अनुगमनमा कार्यक्रममा केन्द्रका कृषि प्रसार अधिकृत मिन बहादुर पुन,कृषि ज्ञान केन्द्र चितवनकै योजना अधिकृत उमराज अर्याल,केन्द्रकी सुचना अधिकारी सुरुची त्रिपाठी,कर्मचारी मधु मरहठ्ठा,गणेश श्रेष्ठ,तथा प्रविधिक अञ्जु भण्डारी नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी,कोषाध्यक्ष राजेन्द्र आचार्य,नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित १९ जना पत्रकारहरुको टोली र मकवानपुरका ६ जना पत्रकारहरूको सहभागिता रहेको थियो।कृषि ज्ञान केन्द्र चितवनको प्राविधिक र आर्थिक सहयोगमा मकवानपुरमा ५७ वटा फर्म सन्चालनमा रहेका छन।

20210714131454_IMG_1332-1626266133.JPG

केन्द्रको अनुदानमा सञ्चालित हेटौंडा-८ मा रहेको कृषि फार्म


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार