Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

कृषि ज्ञान केन्द्र चितवनको टोली र पत्रकारद्वारा कृषि फार्मको अवलोकन

CollageMaker_20210714_175-1626266132.jpg

सुनिल शिवाकोटी

३० असार,हेटौंडा। मकवानपुर र चितवन जिल्लाको विभिन्न स्थानमा रहेको कृषि फार्मको अवलोकन तथा अनुगमन गरिएको छ।  

कृषि ज्ञान केन्द्र चितवनको आयोजनामा ज्ञान केन्द्रका प्राविधिक,कर्मचारी तथा चितवन र मकवानपुरका पत्रकारहरुको संयुुक्त टोलीले कृषि फार्मको अवलोकन तथा अनुगमन गरेका हुन।  

कृषि ज्ञान केन्द्र चितवनको वार्षिक कार्यक्रम अन्तर्गत चितवन र मकवानपुरका पत्रकारहरू सहितको करिब ३१ जनाको टोलीले तिन दिने कार्यक्रम अन्तर्गत   चितवन र मकवानपुरमा ज्ञान केन्द्रको अनुदानमा सञ्चालित  कृषि फार्महरूको अवलोकन र अनुगमन गरिएको हो। 

जस अनुसार असार २८ गते सोमबार चितवनको माडीमा प्रदेश सरकारको सामुहिक खेती कार्यक्रम (चक्लाबन्दी आयोजना) र प्राङगारिक अनुसन्धान केन्द्र तथा फार्म स्थापना कार्यक्रमको अवलोकन गरिएको हो। त्यसैगरी २९ गते मंगलबार चितवनको भरतपुरमा ड्राइगन फुडको नमुना कार्यक्रमको अवलोकन गरिएको थियो भने २९ गते मंगलबार नै मकवानपुरको मनहरी गाउँपालिकामा लगाइएको ड्राइगनखेती,कागती पकेट क्षेत्र र मंगलबार दिउँसो मकवानपुरको उत्तरी क्षेत्रको थाहानगरको दामनमा रहेको शितोष्ण वागवानी नर्सरी केन्द्रको अवलोकन गरिएको हो।त्यस्तै ३० गते बुधबार केन्द्रको अनुदानका सञ्चालित हेटौंडाको दुई वटा वडामा रहेको नमुना कृषि फार्मको अवलोकन गरिएको थियो। 

बुधबार दिउँसो  हेटौंडा ८ कमानेमा  उमानाथ आचार्य र केशव कुमार शाहीले सञ्चालन गरेको उच्च प्रविधियुक्त संरक्षित तरकारी खेती कार्यक्रम र हेटौंडा १५ ठुलो सुकौलीमा सक्रिय महिला समूहले सञ्चालन गरेको एक प्रदेश निर्वाचन क्षेत्र एक नमुना फार्म कार्यक्रम अन्तरगत प्लाष्टिक घरमा लगाइएको  तरकारी खेतीको अवलोकन गरिएको हो। 

अवलोकन तथा अनुगमनमा कार्यक्रममा केन्द्रका कृषि प्रसार अधिकृत मिन बहादुर पुन,कृषि ज्ञान केन्द्र चितवनकै योजना अधिकृत उमराज अर्याल,केन्द्रकी सुचना अधिकारी सुरुची त्रिपाठी,कर्मचारी मधु मरहठ्ठा,गणेश श्रेष्ठ,तथा प्रविधिक अञ्जु भण्डारी नेपाल पत्रकार महासंघ चितवनका सचिव दिपेन्द्र अधिकारी,कोषाध्यक्ष राजेन्द्र आचार्य,नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल सहित १९ जना पत्रकारहरुको टोली र मकवानपुरका ६ जना पत्रकारहरूको सहभागिता रहेको थियो।कृषि ज्ञान केन्द्र चितवनको प्राविधिक र आर्थिक सहयोगमा मकवानपुरमा ५७ वटा फर्म सन्चालनमा रहेका छन।

20210714131454_IMG_1332-1626266133.JPG

केन्द्रको अनुदानमा सञ्चालित हेटौंडा-८ मा रहेको कृषि फार्म


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार