Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

बाँझो जमिनमा व्यवसायिक तरकारी खेती गर्दै हेटौंडा-८ का आचार्य परिवार

20210714131506_IMG_1335-1626351882.JPG

टनेल भित्र आचार्य परिवारले गरेको टमाटर खेती

सुनिल शिवाकोटी

३१ असार, हेटौंडा । कोरोना संक्रमणको दोस्रो भेरिएन्टको जोखिम रोक्न २०७८ बैशाख १५ गतेदेखिको लकडाउन र त्यसपछिको निषेधाज्ञाले उद्योग कलकारखाना, शैक्षिक संस्थासहित सबै क्षेत्र प्रभावित बन्यो । यो अवधीमा धेरैले गरिरहेको काम बन्द हुँदा बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउन र निषेधाज्ञाकै समयलाई सदुपयोग गरेर नयाँ काम थालेकाहरु भने स्वरोजगार बन्दै आम्दानी समेत गर्न थालिसकेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरण हुन् हेटौंडा–८ का  उमानाथ आचार्य उनका परिवार,अघिल्लो बर्ष र यस बर्षको लकडाउन निषेधाज्ञाका कारण उनलाई दैनिकमा र घर व्यवहार  चलाउन समस्या भयो।त्यसैले उनले घर नजिक रहेको ७ कठ्ठा बाझो जमिनमा व्यवसायिक ढंगबाट फार्म नै दर्ता गरि टनेलमा टमाटर तथा तरकारी खेतीको  काम शुरु गरे ।कुनै समय बाँझो भूभागको नामले चिनिने कमाने आचार्य परिवारको मेहनतले  बाँझो जमिनलाई सदुुपयो गरेर मनग्य  आम्दानी गर्न सकिन्छ भन्ने  कुरा प्रमाणित गरिदिएको छ।  

कृषि ज्ञान केन्द्र चितवनको करिब ५ लाख ३६ हजार अनुदान सहयोगमा ४ टनेलमा व्यवसायिक तरकारी खेति थालेका उनले अहिले त्यसबाट आम्दानी लिन थालिसकेको बताए।यसअघि प्रहरी सेवामा रहेका उमानाथ र उनका दुई दाजुभाई मिलेर  व्यवसायिक तरकारी खेति शुरु  गरेका उनीहरुले पहिलो सिजनमै १ लाख रुपैंयाको टमाटर र तरकारी बिक्रि गरेका छन् । टनेलबाट दैनिक २५ किलो भन्दा बढी टमाटर उत्पादन हुने र अहिले टमाटरको बजार मुल्य भएकोले राम्रो आम्दानी भइरहेको उनी  बताउछन । 

लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफु त स्वरोजगार भए नै अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका उमानाथको भनाई छ । 

सरकारी सेवाबाट निवृत्त भएसँगै स्थानीय टोल बिकास संस्थाको अध्यक्ष समेत रहेका उमानाथ यसअघि सामान्य ढंगले तरकारी खेति गरिरहेका अवस्थामा उनका दाई डण्डिराज र भाई टेकनाथको हौसलाले कोरोनाकै कहरमा कृषि ज्ञान केन्द्र चितवनको अनुदान तथा प्राविधिक सहयोगमा आफ्नै बाँझो जमिनमा व्यवसायिक तरकारी खेति विस्तार गरेका हुन । उनी र उनको परिवारको मेहनतले अहिले सार्थकता पाउन थालेको छ भने बजारमा उत्पादन पुगेपछि नगद हातमा पर्न थालेको छ । विना तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न नसकिरहेको अवस्थामा ज्ञान केन्द्रको प्राविधिक सहयोगमा टनेलभित्र बेमौसमी व्यवसायिक तरकारी खेती गर्न सफल भएको बताए ।  

"मैले तरकारी खेतीसँगै गाईपालन समेत गरेको छु,त्यसबाट दुध बेचेर आम्दानी लिएको छु, राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नसके साँच्चै स्वरोजगार तर्फ उन्मुख भएकाहरुको  आत्मविश्वास बढ्ने थियो"- उमानाथले भने ।

FB_IMG_1626362871381-1626362909.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार