Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बाँझो जमिनमा व्यवसायिक तरकारी खेती गर्दै हेटौंडा-८ का आचार्य परिवार

20210714131506_IMG_1335-1626351882.JPG

टनेल भित्र आचार्य परिवारले गरेको टमाटर खेती

सुनिल शिवाकोटी

३१ असार, हेटौंडा । कोरोना संक्रमणको दोस्रो भेरिएन्टको जोखिम रोक्न २०७८ बैशाख १५ गतेदेखिको लकडाउन र त्यसपछिको निषेधाज्ञाले उद्योग कलकारखाना, शैक्षिक संस्थासहित सबै क्षेत्र प्रभावित बन्यो । यो अवधीमा धेरैले गरिरहेको काम बन्द हुँदा बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउन र निषेधाज्ञाकै समयलाई सदुपयोग गरेर नयाँ काम थालेकाहरु भने स्वरोजगार बन्दै आम्दानी समेत गर्न थालिसकेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरण हुन् हेटौंडा–८ का  उमानाथ आचार्य उनका परिवार,अघिल्लो बर्ष र यस बर्षको लकडाउन निषेधाज्ञाका कारण उनलाई दैनिकमा र घर व्यवहार  चलाउन समस्या भयो।त्यसैले उनले घर नजिक रहेको ७ कठ्ठा बाझो जमिनमा व्यवसायिक ढंगबाट फार्म नै दर्ता गरि टनेलमा टमाटर तथा तरकारी खेतीको  काम शुरु गरे ।कुनै समय बाँझो भूभागको नामले चिनिने कमाने आचार्य परिवारको मेहनतले  बाँझो जमिनलाई सदुुपयो गरेर मनग्य  आम्दानी गर्न सकिन्छ भन्ने  कुरा प्रमाणित गरिदिएको छ।  

कृषि ज्ञान केन्द्र चितवनको करिब ५ लाख ३६ हजार अनुदान सहयोगमा ४ टनेलमा व्यवसायिक तरकारी खेति थालेका उनले अहिले त्यसबाट आम्दानी लिन थालिसकेको बताए।यसअघि प्रहरी सेवामा रहेका उमानाथ र उनका दुई दाजुभाई मिलेर  व्यवसायिक तरकारी खेति शुरु  गरेका उनीहरुले पहिलो सिजनमै १ लाख रुपैंयाको टमाटर र तरकारी बिक्रि गरेका छन् । टनेलबाट दैनिक २५ किलो भन्दा बढी टमाटर उत्पादन हुने र अहिले टमाटरको बजार मुल्य भएकोले राम्रो आम्दानी भइरहेको उनी  बताउछन । 

लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफु त स्वरोजगार भए नै अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका उमानाथको भनाई छ । 

सरकारी सेवाबाट निवृत्त भएसँगै स्थानीय टोल बिकास संस्थाको अध्यक्ष समेत रहेका उमानाथ यसअघि सामान्य ढंगले तरकारी खेति गरिरहेका अवस्थामा उनका दाई डण्डिराज र भाई टेकनाथको हौसलाले कोरोनाकै कहरमा कृषि ज्ञान केन्द्र चितवनको अनुदान तथा प्राविधिक सहयोगमा आफ्नै बाँझो जमिनमा व्यवसायिक तरकारी खेति विस्तार गरेका हुन । उनी र उनको परिवारको मेहनतले अहिले सार्थकता पाउन थालेको छ भने बजारमा उत्पादन पुगेपछि नगद हातमा पर्न थालेको छ । विना तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हासिल गर्न नसकिरहेको अवस्थामा ज्ञान केन्द्रको प्राविधिक सहयोगमा टनेलभित्र बेमौसमी व्यवसायिक तरकारी खेती गर्न सफल भएको बताए ।  

"मैले तरकारी खेतीसँगै गाईपालन समेत गरेको छु,त्यसबाट दुध बेचेर आम्दानी लिएको छु, राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नसके साँच्चै स्वरोजगार तर्फ उन्मुख भएकाहरुको  आत्मविश्वास बढ्ने थियो"- उमानाथले भने ।

FB_IMG_1626362871381-1626362909.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार