२ साउन, काठमाडौं । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको सर्वोच्च अदालतमा शपथग्रहण भएको छ ।
राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले शपथ ग्रहण गराउने भनेका संवैधानिक पदाधिकारीको हकमा सर्वोच्च अदालतमै शपथ गराउने भन्ने निर्णय गरेको भनेपछि शपथ ग्रहण गराउने परम्परागत ठाँउ फेरिएको हो । हालसम्म नियुक्त महान्यायाधिवक्ताहरुले राष्ट्रपति कार्यालय, शीतल निवासमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशबाट शपथ ग्रहण गर्ने परम्परा थियो । निवर्तमान महान्यायाधिवक्ता रमेश बडालले पनि गत चैतमा राष्ट्रपति कार्यालयमा शपथ लिएका थिए ।
तर यसपटक राष्ट्रपति कार्यालयले शपथ गराउन ठाउँ परिवर्तन गरिएको हो । ‘६ वैशाखमा राष्ट्रपति कार्यालयले शपथ ग्रहणसम्बन्धी एउटा निर्णय गरेको भनेर हामीलाई सूचना आयो । प्रधानन्यायाधीशज्यूले शपथ गराउने संवैधानिक व्यवस्था भएका पदाधिकारीहरुको हकमा सर्वोच्च अदालतमा नै शपथ गराउने भन्ने निर्णय भएको भनेपछि अहिले सर्वोच्च अदालतमै व्यवस्था गरिएको रहेछ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मीले भने, ‘निर्णय नै भएको भन्ने आइसकेपछि सर्वोच्चमै शपथ ग्रहणपछि हामीले महान्यायाधीवक्ताज्यूलाई स्वागत गर्नेछौं ।’
नेपालको संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । तर शपथ भने प्रधानन्यायाधीशसँग लिने कानूनी व्यवस्थाका कारण यसअघिका अभ्यासमा राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमै शपथ गराउने प्रचलन थियो ।
राष्ट्रपति कार्यालयले गत वैशाखदेखि यो परम्परा परिवर्तन गर्ने निर्णय गरेको जनाएको छ । गत वैशाखको निर्णयपछि सर्वोच्च अदालतमा नियुक्त न्यायाधीशहरुलाई सर्वोच्च अदालत परिसरमै प्रधानन्यायाधीशले शपथ गराएका थिए । राष्ट्रपति कार्यालयमा शपथ नगराए पनि संवैधानिक व्यवस्थाका कारण महान्यायाधिवक्ता नियुक्तिपत्र लिन राष्ट्रपति कार्यालयमै जानुपर्ने हुन्छ ।
नियुक्तिपछि मात्रै शपथ गराउने चलन छ । (अनलाइनखबरबाट)
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...















_edit_12985189-1794274603.jpg)


