Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

'महिला उत्पादनका लागि बजार पहिल्याउनु मूख्य खाँचो'

MCCI-1471008926.JPG

२८ साउन, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले महिलाहरुको उत्पादनका लागि बजार पहिल्याउनु मूख्य खाँचो रहेको बताएका छन् । उनले महिला उद्यमीको संख्या बढेसँगै उत्पादनमा बृद्धि भएपनि बजारीकरण मूख्य समस्या रहेको भन्दै बजार पहिल्याउनतर्फ लाग्नुपर्नेमा जोड दिए । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा शुक्रबार हेटौंडामा भएको बृहत महिला उद्यमी व्यवसायी भेलामा बोल्दै प्रजिअ विकले उद्यमशीलताको तालिमसँगै बजार व्यवस्थापनका लागि व्यवसायिक संस्थाहरुले काम गर्नुपर्ने बताए । उनले महिला उद्यमी कोषको गठनका लागि मकवानपुर उद्योग बाणिज्य संघलाई सुझाव दिए । 
भेलामा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख पुष्कर भट्टराईले घरेलु कार्यालयले तालिम, सीप र प्रविधि हस्तान्तरणका लािग समेत काम गरिरहेकाले यसबाट लाभ उठाउन आग्रह गरे । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरमा उत्पादित हस्तकलाका सामग्री विक्री गर्न ‘कोसेली घर’ स्थापना भएको बताए । उनले  देशको आर्थिक समृद्धिमा महिला उद्यमीको भूमिका महत्वपूर्ण भएको भन्दै हतोत्साही नभई अघि बढे सफलता हासिल गर्न सकिने बताए । 
कार्यक्रममा थाहा उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, मउवासंघका पदाधिकारी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, महिला उद्यमी विकास समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाका २ सय बढि महिला उद्यमीको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार