Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

डोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकार ढल्छ: बानियाँ

Indra-Baniya-1554646003-1626796777.jpg

५ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मूख्यमन्त्री ड‍ोरमणि पौडेल नेतृत्वको बागमती प्रदेश सरकार ढल्ने चेतावनी दिएका छन् ।
प्राइम टेलिभिजनको 'जनता जान्न चाहन्छन्' कार्यक्रममा बोल्दै उनले बागमती प्रदेश सरकार पूर्ण रूपमा असफल भएको भन्दै ढल्ने चेतावनी दिएका हुन् । 'हामी डोरमणि पौडेल नेतृत्वको सरकारको विकल्प खोजिरहेका छौं'-उनले भने-'अहिले उहाँ एमालेको बहुमतको भरमा टिक्नु भएको हो तर सांसद र जनता असन्तुष्ट छन् ।' प्रतिनिधिसभाबाट शुरू भएको एमाले नेतृत्वको सरकार ढल्ने क्रम प्रदेशमा पनि शुरू हुने बताउँदै उनले एमालेभित्रै पौडेल नेतृत्वको सरकारले काम नगरेको भन्दै असन्तुष्टि शुरू भएकाले सरकार ढल्ने बताए । 
कोरोनाविरूद्धको खोप उपलब्ध गराउन पहलकदमी नगरेको बागमती प्रदेश सरकारले भोकसंग लडेका जनतालाई राहत दिन समेत वेवास्ता गरेको बानियाँको भनाइ छ । उनले बागमती प्रदेश सरकारसँग न्युनतम मानवता र दयामाया नभएको भन्दै आपत्ति जनाए । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले तोकेको प्रदेश राजधानी हेटौंडा कायम गर्न बाहेक पौडेलसंग आफ्नो सहकार्य नरहेको समेत स्पष्ट पारे ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गरेर प्रदेशका जनतालाई खोप, भोकसंग लडिरहेका विपन्नलाई स्थानीय तहबाट खाद्यान्न सहयोग, उद्योगी र मजदुरलाई खोपमा प्राथमिकता, आर्थिक राहत प्याकेज, विपदबाट घरबारविहिनलाई बासको व्यवस्था लगायतका विषय सम्बोधनका लागि आग्रह गर्ने बताए ।
उनले देउवा नेतृत्वको वर्तमान सरकारले देशको अहिलेका समस्यालाई समाधान गर्ने समेत विश्वास व्यक्त गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

थप समाचार