Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

सिमकार्ड लिन अब नागरिकता बोक्न नपर्ने

Screenshot_20210721-14024-1626855496.jpg

६ असार,काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकता बोकेर सेवाप्रदायकको कार्यालयमा सिमकार्ड लिन जानु पर्ने व्यवस्थाको अन्त्य गर्ने भएको छ । त्यसका लागि प्राधिकरणले डिजिटल केवाईसी (नो योर कस्टमर) अर्थात ग्राहक पहिचान विवरण सम्बन्धी सिस्टम लागू गर्ने भएको हो ।

प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत उक्त कार्यक्रम तय गरेको हो । जसमा प्राधिकरणले चालु आवको अन्त्यसम्म डिजिटल केवाईसी सिस्टम कार्यान्व्यनमा ल्याउने जनाएको छ । त्यसका लागि प्राधिकरणले ४० करोड बजेट छुट्याएको छ ।

सिमकार्ड लिन जाँदा सेवा सेवाग्राहीले नागरिकता, फोटोलगायतका आवश्यक कागजपत्र बोकेर जानुपर्ने दिनको अन्त्य गर्ने योजनाका साथ डिजिटल केवाईसीको तयारी गरिएको हो,’ प्राधिकरणका सहप्रवक्ता अच्चुतानन्द मिश्रले भने, ‘विशेषगरी यो सिस्टम राष्ट्रिय परिचयपत्रसँग जोडिने छ ।’दूरसञ्चार सेवाप्रदायकको ग्राहकको जानकारीलाई सेमत राष्ट्रिय परिचयपत्रसँग जोड्ने गरी यो सिस्टम लागू गर्न लागिएको मिश्रले बताए । यसबाट दूरसञ्चार सेवाप्रदायकको ग्राहक पहिचान गर्न, ग्राहकले लिएका विभिन्न सेवाको पहिचान गर्नसमेत मद्धत पुग्ने उनकाे भनाइ छ ।

मिश्रका अनुसार यो सिस्टम लागू भएसँगै ग्राहकले राष्ट्रिय परिचयपत्र नम्बर बुझाएको भरमा कुनै पनि सेवा लिन सक्नेछन् ।त्यसका लागि यो सिस्टम सेवाप्रदायकको सिस्टममा समेत जडान गरिने छ।साथै कुन ग्राहकले हालसम्म कुन सेवाप्रदायकको कति वटा सिमकार्ड लिएका छन भन्ने विवरण पनि याे प्रणालीबाट थाहा पाउन सकिने जनाइएकाे छ 

# टेकपाना डटकमबाट साभार


समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना
242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा...

नेकपा (एस) मा ४ उपाध्यक्ष, महासचिवमा भुसाल, सचिवमा झाँक्री
1629448694-FDp4k-1632395396.jpg

७ असोज,हेटौंडा। नेकपा एमाले विभाजित भई बनेको नेकपा (एकिकृत समाजवादी)ले पार्टी पदाधिकारीहरु चयन गरेको छ ।नेकपा...

हेटौंडामा १७५ किलो गाँजा बोकेको ट्रक सहित दुई पक्राउ
FB_IMG_1632392633953-1632393961.jpg

७ असोज,हेटौंडा। मकवानपुरको हेटौंडामा लागुऔषध गाँजा बोकेको ट्रक सहित दुई जना पक्राउ परेका छन।  बिशेष सूचनाको...

बिहीबार नेपालमा १२३९ कोरोना संक्रमित थपिदा १३ जनाको मृत्यु
1620560666_corona-1632393107.jpg

७ असोज,हेटौंडा। नेपालमा पछिल्लो २४ घण्टामा १२३९ जना कोरोनाका नयाँ विरामी थपिएका छन। स्वास्थ्य तथा जनस्वास्थ्य...

बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि
Prevention-1632388182.jpg

७ असोज,हेटौंडा ।  मंगलबार र बुधबारको तुलनामा बिहिबार मकवानपुरमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको...

राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त
Photo-Journa-1632377626.jpg

७ असोज, काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को अध्यक्षमा पत्रकार प्रदीपराज वन्त चयन भएका छन् ।...

बन्दुकसहित २ चोरी सिकारी पक्राउ
Banduk-1632376843.jpg

७ असोज, काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट बन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बझाङ खप्तड...

दाहालको घरमा प्रहरी छापा, १३ जुवाडे पक्राउ
Juwade-1632376609.jpg

७ असोज, काठमाडौं । नेपाल प्रहरीले एक घरमा छापा मारेर बुधबार राति १३ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौँको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1632375837.jpg

७ असोज, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य बिहिबार ५ सय रुपैंया घटेको हो...

थप समाचार
received_4248489671868048-1622949503.gif