Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

भूमि सम्बन्धि समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

Bhumi-Adhikar-(1)-1627102751.jpg

९ साउन, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ । 
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले शुक्रबार आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेजको तयारीप्रति मञ्चले ध्यानाकर्षण गराउँदै देशभर भईरहेको जग्गा लगत संकलन र नापनक्सालाई निरन्तरता दिन अनुरोध गरेको छ ।
‘पुस्तौदेखी भूमि समस्या भोगीरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र वर्षाैंदेखि भोगचलनमा रहेको जग्गालाई आफ्नो भन्न नपाएका अब्यवस्थित बसोवासीको आशा र अपेक्षा निराशामा बदलिएको छ,’ राष्ट्रिय भूमि अधिकार मञ्चको ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय तहमार्फत् लगत संकलनदेखी जग्गा नापजाँचका कामसमेत भईरहेको अवस्थामा आयोग खारेज गर्नुले १७ लाख भूमि अधिकारबाट बञ्चितप्रति सरकारले बिभेद गरेको महसुस भएको छ ।’
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्नैपर्ने समस्या भन्दै मञ्चले देशभर लगत संकलनको कार्य अन्तिम अवस्थामा पुगेको र नापनक्शा कार्य भई कामले गती लिईरहेको अवस्थामा सो कार्यले निरन्तरता पाउने सुनिश्चितता नगरी आयोग विघटन गर्नु उचित नहुने अवगत गराउँदै भईरहेको कामलाई असर नपर्नेगरी निर्णय लिन अनुरोध पनि गरेको छ ।
राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरका अध्यक्ष यज्ञबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई ज्ञापनपत्र बुझाएको थियो । कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरकी सचिव मीरा स्याङ्तान, कोषाध्यक्ष डोल्मा स्याङ्बो, सहसचिव राजनप्रसाद फुँयाल लगायतको सहभागिता रहेको थियो ।
मञ्चले नागरिकको सुरक्षित आवास, गुणस्तरीय जिविका र सम्मानपुर्वक जिउने अधिकारका लागि भूमिमाथीको स्वामित्व र पहुँच सुनिश्चित हुनु पर्ने विषयमा वकालत र अभियान गरिरहेको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु
accident.-1715166978.jpg

२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...

रविमाथि छानबिन गर्न संसदीय समितिको मागबाट कांग्रेस पछि नहट्ने
ramesh_lekhak_1672732579-1715166130.jpg

२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...

सुहाङद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
Screenshot_20240508_11471-1715148148.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...

चट्याङ लागेर एक महिलाको मृत्यु
chatyan-mirtu-1715147587.jpg

२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर
Gold-1715146393.jpg

२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...

सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड बढि जरिवाना
Screenshot_20240508_07130-1715131698.jpg

२६ बैशाख, काठमाडौं । पेमेन्ट गेटवे खरिद प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद र २३ करोड...

सुहाङ नेम्वाङले आज शपथ ग्रहण गर्दै
432778047_122130663218178-1715131304.jpg

२६ बैशाख, काठमाडौं । वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित...

आज मातातीर्थ औँशी मनाइदै
1_gNSPSZrO3S-1715130954.jpg

२६ बैशाख, हेटौंडा । आज मातातीर्थ औँशी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1715130201.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

थप समाचार