Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

महिला सुरक्षा दबाब समूहद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

Screenshot_20210725-18454-1627217960.jpg

१० साउन, हेटौंडा । महिला सुरक्षा दबाब समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
समूही उपाध्यक्ष इरादा पराजुलीको नेतृत्वमा गएको टोलीले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको हो । समूहले राज्यको हरेक तहमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने, महिला र बालिकाहरुले सम्मान र मर्यादा युक्तजीवन यापन गर्न सक्ने सुरक्षित वातावरणको प्रत्याभूत गर्नुपर्ने, बलात्कार सहित सबै महिला हिंसाका घटनामा शुन्य सहनशीलताको नीति अनुसार घटनाका दोषीहरुलाई यथाशिघ्र कडा कारवाही गरिनुपर्ने, यस्ता घटनामा फाष्ट ट्रयाकबाट तत्काल अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइ कडा कारवाही गनुपर्ने, विभिन्न तहमा स्थापना भएका हेल्पलाईनहरुलाई प्रभावकारी बनाई ती हेल्पलाईनहरुबारे जनतालाई सुसूचित गर्ने व्यवस्था गरिनुपर्ने जस्ता माग छन् ।
महिला र वालिकाहरुको सुरक्षित वातावरण सहित हिंडडुल गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउने कार्य तुरुन्त गरिनुपर्ने, बलात्कार जस्तो जघन्य अपराध गर्नेलाई सर्वश्व सहित सश्रम आजीवन कारावासको व्यवस्था गर्न कानुनमा संशोधन गरिनुपर्ने, मेलमिलापद्वारा दोषीलाई उन्मुत्ति दिने कार्य तुरुन्त बन्द गरिनुपर्ने, बलात्कार जस्तो जघन्य अपराधमा पीडकलाई कुनैपनि प्रकारको राजनीतिक संरक्षण गरिनु नहुने, घटनाको शुरू अनुसन्धान गर्ने, प्रमाण संकलन, पीडितको सुरक्षा, गोपनियता लगायतका विषयमा प्रहरी, सरकारी वकिल र अदालतलाई लैंङ्गिक मैत्री बनाउन प्रशिक्षण दिने कार्य तुरुन्त शुरु गरिनुपर्ने, हिंसाबाट उद्धार गरिएका पीडित र पीडितको परिवारलाई सुरक्षा र संरक्षण दिने व्यवस्था गरिनुपर्ने, उजुरी गर्ने निकायहरु जस्तो स्थानीय न्यायिक समिति र  प्रहरी प्रसासन  आदिमा पिडकहरुले प्रभाव पार्न सक्ने कुरामा पनि नेपाल सरकारले  कडा निगरानीको व्यवस्था गरिपर्ने जस्ता माग रहेका छन् ।
नीतिगत सुधारका लागि प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र बुझाएको समूहकी महासचिव बिजया केसी श्रेष्ठले जानकारी दिइन् ।
समूहले देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनलाई सहज बनाउन नेपाल सरकारको काम कारबाहीका लागि साझा नीति तथा कार्यक्रम तय गर्न गठित सात सदस्यीय कार्यदलको संयोजकको भूमिकामा रहेका पूर्व गृहमन्त्री एवं कांग्रेस महामन्त्री पुर्णबहादुर खडकालाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर प्रचण्डले भने:यस पटक जनमुखी नीति तथा कार्यक्रम आउछ
Screenshot_20240329_13383-1711698974.jpg

१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक...

मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

थप समाचार