Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिलेको भ्रमलाई गलत सावित गर्नेछन्ः बानियाँ

Indra-Baniya-1627351453.jpg

१२ साउन, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अहिलेको देखिएको भ्रमलाई गलत साबित गरेर देखाउने दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपछि टिकाटिप्पणी भईरहेको बारे प्रतिक्रिया दिंदै नेता बानियाँले श्रेष्ठले संघर्ष गर्दै स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा सफलता हासिल गरेकाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीलाई सफलतापूर्वक पुरा गरेर अहिलेको हल्लालाई गलत सावित गर्ने बताएका हुन् । 
नेपाली समाजमा गरिखाने र ठगी खाने बर्ग रहेको बताउँदै बानियाँले श्रेष्ठ गरिखाएको व्यक्ति भएकोले स्वास्थ्य क्षेत्रमा रहेका अहिलेका समस्या समाधान गर्न सक्षम रहेको बताए । उनले नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न श्रेष्ठ लागि पर्ने बताए । अघिल्लो सरकारको पालामा स्वास्थ्य क्षेत्रमा भ्रष्टाचार भएको बताउँदै उनले श्रेष्ठको नेतृत्वमा भ्रष्टाचार हुन नदिने दावी गरे । उनले एमाले सरकारमा व्यवसायिक पृष्ठभुमीका रघुविर महासेठ र उनकी पत्नी मन्त्री भएको उदाहरण दिंदै श्रेष्ठको भोजपुरबाट आउँदाको गरिबी र त्यसबाट संघर्ष गर्दै पाएको सफलता नदेख्नेले अहिले अफवाह फैलाएको बताए । श्रेष्ठ पार्टीलाई योगदान र समाजसेवा गर्न आएको सामाजिक राजनीतिक व्यक्ति भएको बताउँदै उनले श्रेष्ठले आफुले केही लिने भन्दा पनि पार्टी र समाजलाई योगदान गर्ने बताए । उनले भारत र अमेरिकामा  पनि व्यवसायिक व्यक्तित्व राजनीतिका विभिन्न पदमा पुगेको उदाहरण दिए । 
कम्युनिष्ट पार्टीका नेताहरुप्रति इंगित गर्दै उनले हिजो चप्पल लगाउनेहरु कहाँ पुगे त्यसबारे चर्चा किन नभएको भन्दै संचारकर्मीहरुको कटाक्ष गरे । कम्युनिष्टका नेता विना पैसा मन्त्री बन्ने अनि कांग्रेसका नेता मन्त्री बन्दा पैसाको अनावश्यक चर्चा गरेको भन्दै उनले खण्डन गरे । उनले श्रेष्ठ नेतृत्वको स्वास्थ्य मन्त्रालयले चाँडो भन्दा चाँडो खोपको व्यवस्था गर्न सक्ने विश्वासका आधारमा प्रधानमन्त्री देउवाले जिम्मेवारी दिएको बताए । झुपडीबाटै आएको व्यक्ति राज्यको संयन्त्रमा पुगेको बताउँदै अहिले फैलाईएको भ्रम श्रेष्ठ स्वयंले चिर्ने बानियाँको भनाई छ । अहिलेका टिकाटिप्पणीलाई चुनौति दिएर अघि बढ्न श्रेष्ठलाई बानियाँको सुझाव छ । उनले श्रेष्ठ स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई अन्त्य गर्न अघि बढ्नेमा विश्वास समेत व्यक्त गरे ।
उनले छिटै नेपाली कांग्रेसको क्रियाशिल सदस्यताको विवाद समाधान हुने र निकास निस्कने बताए । उनले अव्यवस्थित बसोबासीलाई नेपाली कांग्रेसले नै लालपुर्जा वितरण गरेको स्मरण गराउँदै छिटै लालपुर्जा वितरण हुने बताए । उनले देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुख नयाँ नियुक्त गर्ने समेत दावी गरे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार