Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

नागिरकसँग रहेको मानवीयपन कायम राखी प्रशिक्षण प्रदान गर्नुपर्छ: क्षेत्री

Screenshot_20210728-19202-1627479674.jpg

१३ साउन, काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम राखी त्यही जगमा दक्ष प्रहरी जनशक्ति तयार गर्न प्रशिक्षण प्रदान गर्नुपर्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी अधिकृत आधारभूत तालिम १-१८१औं समूह र प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सोही अनुरुप तयार भएका दक्ष प्रहरी जनशक्ति कहिल्यै खराब नहुने विचार उनले बताएका हुन् ।
उनले व्यावसायिकताको शिखरसम्म पुर्‍याउन निर्धारित आधारभूत तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै व्यक्तिगत परिचय भन्दा पनि संगठनको सदस्यको हैसियतमा सेवा प्रवेश गरेका प्रशिक्षार्थीहरुले प्रशिक्षणसँगै नागरिक केन्द्रीत सेवामा समर्पित हुन आफ्नो व्यवहारमा परिवर्तन गर्दै जानु जरुरी रहेको बताए  ।
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्मा, PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीव विक्रम राणा, प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहरा लगायतको उपस्थिति रहेको थियो ।  तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १३ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३६ जना गरी १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको तालिममा सहभागिता रहेको तालिम संयोजक प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार