Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

एमाले र माओेवादी परित्याग गरी राक्सिराङका २८७ जना कांग्रेसमा प्रवेश

2-1629377884.jpg

३ भदौ, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रको राक्सीराङ गाउँपालिकाका विभिन्न वडाबाट एमाले र माओवादी परित्याग गरी २ सय ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस राक्सीराङ गाउँपालिका सभापति विरेन्द्र जिम्बाको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा एमालेबाट निर्वाचित २ नम्बर वडा सदस्य टिकामाया रानामगर, वडा नम्बर ५ का वडा ईन्चार्ज सुदिप चेपाङसहित २ सय ८७ जना एमाले र माओवादीका कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । 
नवप्रवेशीलाई पार्टीको सदस्यता दिएर स्वागत गर्दै नेता बानियाँले टुक्राटुक्रामा विभाजित भएको कम्युनिष्टले देशको विकास गर्न नसक्ने बताउँदै भ्रष्टचार र झुठो आस्वासन मात्रै अव जनताले नपत्याउने बताए ।
दुईतिहाई नजिकको कम्युनिष्ट सरकार सत्ताको भागबण्डा, भ्रष्टचार र ओलीको अहंमताले पार्टी सकिएको बताउँदै नेता बानियाँले ५० वर्ष कांग्रेसले सत्ताको मुख देख्न नपाउने भन्ने ओली अहिले बालकोटको बार्दलीबाट आफूसंगै ३० औं वर्ष संगै काम गरेका साथीभाईलाई सरापेर बस्नुबाहेक अरु विकल्प नभएको दावी गरे ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस जिल्ला सदस्य एवं राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, जिल्ला सदस्यहरु रामकृष्ण प्रजा, रत्नबहादुर गोले, बच्चीमाया नेगी, महासमिति सदस्य रञ्जन कालाखेति, चित्रबहादुर थापा,  प्रतिनिधिसभा २ को क का प्रदेश सभापति लोक मुक्तान, महाधिबेशन प्रतिनिधि टेकनाथ शिवाकोटी, तरुण दल अध्यक्ष ईश्वर पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
 

1-1629377884.jpg
238863571_172129455022168-1629377984.jpg
234588039_287728628248601-1629377984.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार