७ भदौ, हेटौंडा । नेपाली कांग्रेसको पूर्वाधार र रोजगार समितिका सहसंयोजक एवं बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अब कांग्रेस आर्थिक रूपमा पनि जनता र कार्यकर्तासंग जोडिनुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेस लगानी पूर्वाधार र रोजगारः दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिको आयोजनामा 'गरिखाने कांग्रेस बनाउने' अभियान अन्तरगत नेपाली कांग्रेसका १४ जिल्लाका सभापतिहरुको दोस्रो चरणको कार्यक्रममा सोमबार काठमाडौंमा बोल्दै उनले अब जनता र कार्यकर्तालाई आर्थिक रूपमा सक्षम बनाउनुपर्नेमा जोड दिए ।
उनले हरेक बर्गलाई श्रम र उद्यमसंग जोडेर आत्मनिर्भर बनाउनेतर्फ कांग्रेसले काम गर्नुपर्ने बताए । उनले राजनीतिक रूपमा त्याग र समर्पणबाट कांग्रेस अहिलेको अवस्थामा आइपुगेको भन्दै उनले अब जनता र कार्यकर्तालाई त्याग र समर्पणसंगै आर्थिक रूपमा बलियो बनाउनुपर्ने बताए । यसका लागि पूर्वाधार र रोजगार समितिले 'गरिखाने अभियान' संचालन गरेको बताए । आमनागरिकको जनजीविका र अवसरको व्यवस्थाका लागि समितिले दिएको सुझावलाई पार्टीले नीति निर्माणका क्रममा लागु गर्नुपर्ने उनको सुझाव थियो । कार्यक्रममा समितिको भावी योजनाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा समितिका संयोजक बिनोद चौधरी, सहसंयोजक एवं स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ, दिपक खड्का, अनिल रुङाटा, संविधानसभा सदस्य राजिव विक्रम शाह, समितिका सदस्यहरू भक्तप्रल्हाद पाण्डे र विमल ढकाल लगायतको उपस्थिति रहेको थियो ।
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...















_edit_12985189-1794274603.jpg)


