Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

अष्टलक्ष्मीलाई झडका, अष्टलक्ष्मी नेतृत्व सरकारका एक मन्त्रीले त्यागे एमाले

pande-khanal-1629894509.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले नेकपा एमाले परित्याग गरेसँगै बागती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्री पद धरापमा परेको छ । 
मन्त्री खनालले बुधबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी नामको नयाँ दल दर्तामा हस्ताक्षर गरेसँगै नेकपा एमाले परित्याग गर्नुभएको हो । उहाँले  केन्द्रीय सदस्यहरुको तर्फबाट ५२ नम्बरमा सनाखत गर्नुभएको छ । 
मन्त्री खनालले पार्टी परिवर्तन गरेसँगै बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद भने धरापमा परेको हो । मुख्यमन्त्री शाक्यले नेकपा एमालेको तर्फबाट सरकारको नेतृत्व गरिरहँदा बागमती प्रदेशमा नेकपा एमालेको ५६ जना सांसद रहेका थिए । तर पार्टी विभाजन भएसँगै उनको मुख्यमन्त्री धरापमा परेको हो । 
उनलाई सरकार जोगाउन कुल १ सय ९ जना सांसद मध्ये ५५ जनाको साथ आवश्यक पर्नेमा क्याविनेटका सदस्यले नै पार्टी परिवर्तन गरेपछि स्वभाविक रुपमा शाक्यलाई मुख्यमन्त्री पद जोगाउन कठिन हुने देखिएको छ । 
नेकपा एकीकृत समाजवादी दल दर्ता हुनुभन्दा अगाडीवाटै प्रदेश सभा सदस्य राजेन्द्र पाण्डे र मुनु सिग्देल केन्द्रीय सदस्यमा चयन भइसकेकोलेपनि शाक्यलाई मुख्यमन्त्री पद जोगाउँन निश्चित रुपमा समस्या हुने भएको हो । अव नेकपा एमाले पूर्णरुपमा फुटेपछि बागमती प्रदेशमा सत्ताको खेल सुरु हुने स्पष्ट भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

थप समाचार