१५ भदौ, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर १ नम्बर वडा समितिले पूर्व वडा सभापतिसहित ५ अग्रज कांग्रेस नेताहरुलाई सम्मान गरेको छ ।
सोमबार भएको कृयाशील सदस्यको भेलामा सूर्यबहादुर रुम्बा, नानीराम लुइँटेल, सुरेश सिटौला, श्रीप्रभा आचार्य र अक्कलबहादुर देवकोटालाई सम्मान गरिएको हो । कांग्रेसको वडा सभापति हरिकृष्ण महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यता रहेको थियो ।
केन्द्रीय सदस्य डीनाले महाधिवेशनको कार्यक्रम यही १८ गतेबाट सुरु हुने जानकारी दिइन् । उनले कम्युनिष्टलाई दिएको दुईतिहाइबाट जनता आजित भएको उल्लेख गर्दै सुशासन, विकास र सम्बृद्धिका लागी जनता कांग्रेसको भर परेको उल्लेख गर्दै जनताको विश्वास कायम राख्न एकजुट भएर काम गर्नुपर्नेमा जोडि दिइन् ।
महाधिवेशनबाट जनताको विकाससंग जोड्न सक्ने सक्षम नेतृत्व चयन गर्ने बेला आएको उनको भनाई थियो । संगठनलाई चलायमान बनाउन सोही अनुसारको बुथ प्रतिनिधि चयन गर्नुपर्ने डीनाले अनुरोध गरिन् ।
कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा र आनन्द कठायत, प्रवक्ता प्रदीप कोइराला, संघीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमाहनगर सभापति आनन्दराम पराजुली, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नगर कोषाध्यक्ष कविन सांगामी, तरुण दल अध्यक्ष ईश्वर पाठक, महिला संघ सभापति लक्ष्मी श्रेष्ठ, महिला संघ सदस्य जानकी गिरी, कांग्रेस जिल्ला सदस्य महेन्द्र राउतलगायतले समसामयिक बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा कृयाशील सदस्यहरुलाई प्रशिक्षक कृष्णप्रसाद दाहालले प्रशिक्षण समेत दिएका थिए । सोही कार्यक्रमकाबीच राप्रपाबाट सुवास तामाङ र ठाकुरदास श्रेष्ठ नेपाली कांग्रेसमा प्रवेश गरेको तरुण नेता विकेशलाल श्रेष्ठले जानकारी दिए ।
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...















_edit_12985189-1794274603.jpg)


