Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस मकवानपुरको वडा निर्वाचन: हेटौंडाको अधिकांश वडामा सर्वसम्मत, केहीमा चुनाब हुँदै

Screenshot_20210905-16315-1630838896.jpg

हेटौंडा-२ मा निर्वाचनको तयारी,हेटौंडा-४ का निर्वाचित सभापति पौडेल

२० भदौं,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरको आज १०२ वटै वडा अधिवेशन भईरहेको छ।वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधिका लागि हुदै गरेको अधिवेशनमा केही वडामा कार्य समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएपनि केही वडामा कार्यसमिति र केही वडामा क्षेत्रीय प्रतिनिधि पदको लागि  निर्वाचन भइरहेको छ। 

हेटौंडा उपमहानगरपालिका  अन्तर्गत केही वडामा वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएका छन भने केही वडामा सर्वसम्मत हुन नसकेको पदमा निर्वाचित भईरहेको निर्वाचितमा खटिएका निर्वाचित अधिकृतले जनाएका छन। हेटौंडा वडा नम्बरमा सर्वसम्मत चयन असफल भएपछि निर्वाचनको तयारी भईरहेको बुझिएको छ। त्यसैगरी वडा नम्बर २ को वडा कार्य समितिको सभापति सहित,क्षेत्रीय प्रतिनिधिमा निर्वाचनको तयारी भईरहेको छ। हेटौंडा-३ वडा सभापतिमा ढलक बहादुर थापा नेतृत्व कार्य समिति निर्विरोध निर्वाचित भईसकेको र क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भईरहेको जनाइएको छ। त्यसैगरी हेटौंडा-४ वडा सभापतिमा हरि प्रसाद पौडेल सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन।

हेटौंडा ५ मा यम श्रेष्ठको नेतृत्वमा कार्य समिति निर्विरोध चयन भएको र क्षेत्रीय प्रतिनिधिमा मतदान भइरहेको छ।यता हेटौंडा-६ को सभापतिमा रामहरि तिमल्सिना सर्वसम्मत चयन भएका छन भने क्षेत्रीय प्रतिनिधिको पदमा पनि सर्वसम्मत भएको  हेटौंडा -६ का वडासदस्य राजकुमार बास्तोलाले जनाएका छन। हेटौंडा-७ को सभापतिमा दामोदर गौतम सर्वसम्मत चयन भएका छन क्षेत्रीय प्रतिनिधिको केही पदमा सर्वसम्मत गराउने प्रयास भईरहेको छ।हेटौंडा-८ मा वडा तथा क्षेत्रीय प्रतिनिधिको सम्पूर्ण पदमा निर्वाचन हुने लगभग पक्का देखिएको छ। सहमति 

नभएपछि निर्वाचनको तयारी सुरु गरिएको सहायक मतदान अधिकृत मन्दिरा फुयालले जानकारी दिएकी छिन। यता हेटौंडा वडा नम्बर ९ मा पनि कार्य समितिको र क्षेत्रीय प्रतिनिधि पदमा निर्वाचन हुने बुझिएको छ। त्यसैगरी हेटौंडा-१०को वडा सभापतिमा युवराज भोम्जन सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन।

हेटौंडा-११ को सभापति कार्यसमिति को केही पद र क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भएको र निर्वाचन सकिएर मतगणनाको तयारी भइरहेको निर्वाचन अधिकृत  परमानन्द सरोज कर्णले जानकारी दिएका छन। 

त्यसैगरी हेटौंडा-१२ को वडा सभापतिमा सुदर्शन लाम सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन।हेटौंडा-१३ को वडा समितिको सभापतिमा आइतमान सिंह लामा सर्वसम्मत चयन भइसकेको र क्षेत्रीय प्रतिनिधि पदमा सर्वसम्मत गराउने प्रयास भइरहेको सहायक मतदान अधिकृत दिल कुमार लामाले बताए। 

हेटौंडा-१४ को वडा सभापतिमा मनोज कुमार लामा सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन।हेटौंडा-१५ को वडा सभापतिमा नवराज घलान सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन।

हेटौंडा -१६ को सभापतिमा सोमनाथ दङ्गल, हेटौंडा-१७ को सभापतिमा नवराज न्यौपाने,हेटौंडा-१८ को सभापतिमा राजेन्द्र राज बानियाँ सहित कार्य समिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाइएको छ। त्यसैगरी हेटौंडा-१९ वडा सभापतिमा विष्णु लाल स्याङ्तान सर्वसम्मत चयन भएको र क्षेत्रीय प्रतिनिधि पनि सर्वसम्मत चयन भइसकेका छन। त्यसैगरी थाहा नगरको सबै वडामा निर्वाचन नभएको र थाहा नगर वडा नम्बर १,३,४,६,५ र ८ मा २ बजेनै सर्वसम्मत पदाधिकारी चयन भएको बताइएको छ। 

मकवानपुरको अन्य स्थानीय तह अन्तर्गतको वडाको  नतिजा आउने क्रममा रहेको कांग्रेस मकवानपुर प्रवक्ता प्रदीप कोइरालाले बताएका छन।

Screenshot_20210905-16272-1630839041.jpg
Screenshot_20210905-16271-1630839041.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार