Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कांग्रेस हेटौँडा-८ मा भुपेन्द्र कोइराला नेतृत्वको प्यानल नै विजयी

Screenshot_20210906-09310-1630900284.jpg

२१ भदौं, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा वडा नम्बर ८ को सभापतिमा भुपेन्द्र कोइराला निर्वाचित भएका छन।आइतबार साँझ सम्पन्न नेपाली कांग्रेस हेटौंडा ८ नम्बर वडाको अधिवेशनले नयाँ कार्य समितिमा कोइरालाको नेतृत्व प्यानलनै निर्वाचित भएको हो । 

सहमति हुन नसकेपछि वडा सभापति सहित उपसभापति, सचिव, सहसचिव, सदस्य पद खुल्ला सदस्य पद महिला, क्षेत्रीय प्रतिनिधि(खुल्ला), क्षेत्रीय प्रतिनिधि (महिला), क्षेत्रीय प्रतिनिधि(खस आर्य), क्षेत्रीय प्रतिनिधि(दलित), क्षेत्रीय प्रतिनिधि(खस आर्य महिला), क्षेत्रीय प्रतिनिधि (आदिबासी जनजाती महिला) पदमा भएका निर्वाचन भएको थियो । 

कोइरालाले सभापति पदका अर्का प्रत्यासी रत्नमणी बगालेलाई ३३ मतान्तरले पराजित गर्दै वडा सभापति पदमा निर्वाचित भएका हुन । सोमबार बिहान सकिएको मतगणना अनुसार कोइरालाले ११९ मत प्राप्त गर्दा बगालेले ८६ मत प्राप्त गरेको मतदान अधिकृत मन्दिरा फुयाँलले जानकारी दिएकी छिन । 

क्षेत्रीय प्रतिनिधिमा कांग्रेस मकवानपुरका पुर्व सभापति रघुरमण न्यौपाने सहित ११ जनाको उम्मेदवारी परेको छ । क्षेत्रीय प्रतिनिधि(खुल्ला) तर्फ रघुरमण न्यौपाने, गंगा प्रसाद पौडेल, विष्णुप्रसाद ढुङ्गाना, राम थापा, रामकृष्ण बानियाँ र तारानाथ चौलागाई निर्वाचित भएका छन। 

त्यसैगरी क्षेत्रीय प्रतिनिधि (महिला)मा लक्ष्मी गौतम,मिरा सापकोटा र लक्ष्मी श्रेष्ठ निर्वाचित भएका छन । त्यसैगरी क्षेत्रीय प्रतिनिधि(खस आर्य) मा भरतराज न्यौपाने र नरहरि पुडासैनी निर्वाचित भएका छन। क्षेत्रीय प्रतिनिधि(दलित)मा राम बहादुर पोडे, क्षेत्रीय प्रतिनिधि(खस आर्य महिला)मा रेणुका लामिछाने(ढुङ्गेल), क्षेत्रीय प्रतिनिधि(आदिबासी जनजाती महिला) मा सोममाया डिमडुङ निर्वाचित भएका हुन। निर्वाचित एक जना बाहेक सबै कोइराला नेतृत्व प्यानलका रहेका छन । सहमति हुन नसकेपछि जिल्ला कार्य समिति र क्षेत्रीय प्रतिनिधिमा निर्वाचन भएको मतदान अधिकृत फुयाँलले बताइन ।

Screenshot_20210906-11151-1630906260.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत
Dirga-1715843201.jpg

३ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् ।...

थप समाचार