Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल तरुण दल हेटौंडा–१४ मा ललितमान रुम्बा

241281513_114220237618893-1631242293.jpg

२५ भदौ, हेटौंडा । हेटौंडा÷ नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दल हेटौंडा–१४ नम्बर वडा समितिको अध्यक्षमा ललितमान रुम्बा ‘विकास’ चयन भएका छन् । 
बिहीबार भएको भेलाले रुम्बाको अध्यक्षतामा ८० सदस्यीय वडा समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा रुपेश स्याङ्तान, सचिवमा विजय थिङ, कुमार तिमल्सिना, सहसचिवमा प्रकाश थोकर रहेका छन् । 
यसैगरी सदस्यहरुमा विनोद थिङ, प्रकाश थिङ, आशिष थिङ, दिनेश गोङ्बा, शुक्र स्याङ्तान, प्रकाश गोङ्बा, कमल मोक्तान, सागर लोप्चन, अभिषेक लामा, समिरजंग थिङ, महेन्द्र मोक्तानलगायत चयन भएका छन् ।
नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सदस्य गुरुप्रसाद दाहाल, समाजसेवी रामलाल थोकर, रामलाल थिङलगायतको आतिथ्यता रहेको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट कांग्रेसलाई थप दरिलो बनाएर आगामी निर्वाचनमा पहिलो पार्टी बनाएर लैजान सबैले योगदान गर्नुपर्नेमा जोड दिए । पार्टीको नीति र सिद्धान्तको पूर्ण पालना गरी अघि बढ्न सबैलाई उनले निर्देशन दिए । 
नेपाल तरुण दल हेटौंडा–१४ का अध्यक्ष मनोजकुमार थिङको अध्यक्षतामा वडा भेला उद्घाटन कार्यक्रम भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु
Death-Body_20241108092154-1795164193.jpg

४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सर्लाही बरथवा...

पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
Eknarayan-1795139432.jpg

४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...

नेपालले भारत ‘ए’ को सामना गर्दै
Sandeep-vs-india-1795138815.jpg

४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Screenshot_20261120_07211-1795138585.jpg

४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...

आज हरिबोधिनी एकादशी
hp-tulasi-bihejpgrrtsvrtm-1795138183.jpg

४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...

मौसम मुख्यतया सफा रहने
Kath-1795137829.jpg

४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...

मकवानपुरको भैंसेमा सुमो दुर्घटना, ३ जनाको मृत्यु
IMG-20261119-WA0012-1795066250.jpg

३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक  सुमो दुर्घटना हुँदा ३...

भारतीय राजदूत दलेला र प्रधानमन्त्री बालेनबीच भेट
balen_dalela-1794988008-1795052178.jpg

३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...

काठमाडौं गोर्खाज चितवन राइनोजसंग पराजित
chitwan_gTsKRS9HYT-1795051852.jpg

३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...

थप समाचार