Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

फोटो पत्रकार समूह मकवानपुरको अध्यक्षमा दाहाल 

MG_1806-scaled-1631752255.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुर शाखाको अध्यक्षमा धमेन्द्र दाहाल चयन भएका छन् । यसअघि उपाध्यक्ष रहेका दाहाललाई दास्रो अधिवेशनले अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । 
समूहको उपाध्यक्षमा विजय पौडेल, सचिवमा बलराम पुडासैनी, कोषाध्यक्षमा सरला अधिकारी र सहसचिवमा उज्वल अधिकारी सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा राजन कटुवाल, विक्रम कुमार बानियाँ, मीना श्रेष्ठ, दिल बहादुर रुम्बा, अनिष चौलागाई र सुसन लामिछाने चयन भएका छन् । 
राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेयर महतले पत्रकारिता क्षेत्रको लागि सहयोग गर्न हेटौंडा उपमहानगरपालिका सदैव तयार रहेको बताए । 
पत्रकार महासंघ मकवानपुरले स्थापना गरेको पेनसन कोषका लागि यस वर्ष पनि १० लाख रुपैयाँ विनियोजन गरेको र केही दिनमानै उक्त रकम हस्तान्तरण गर्ने तयारी भइरहेको उनले बताए । कार्यक्रममा फोटोको माध्यामबाट पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको भन्दै २ जनालाई सम्मान गरिएको छ । 
जिल्ला बारका अध्यक्ष समेत रहेका अधिवक्ता ऋषि केवीले आफ्नो स्वर्गीय पीता रामहरी केवीको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार बाट हेटौंडा ६ चौघडाका रत्नलाल मानन्धर र हेटौंडा ४ का दृष्टान्त बिडारी नगद २ हजार ५ सय रुपैयाँ सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । रामहरी केवी स्मृति फोटो पत्रकारिता पुरस्कार २०७८ बाट मानन्धर र विडारीलाई मेयर महत र  स्वर्गीय रामहरी केवीको बुहारी पुण्यशिला श्रेष्ठले सम्मान गरेका हुन् । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, फोटो पत्रकार समूह बागमती प्रदेशका सल्लाहकार गिरिजा अधिकारी, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतकाले मन्तव्य व्यक्त गरेका थिए 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

थप समाचार