Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुरमा (एकीकृत समाजवादी) को कार्यालय शुभारम्भ

नेता न्यौपानेले भने, ‘एमाले अब कमाउनिष्टहरुको कब्जामा पुग्यो

IMG_20210916_125715-1631776366.jpg

३१ भदौ, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य, बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काट्दै कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटन गर्दै पार्टी केन्द्रिय सदस्य न्यौपानेले नेताहरुको रगत पसिनाले निर्माण गरिएको पार्टी बिसर्जनबादीका हात पुगकोले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रष्ट्याए । 
उनले जनतामा आधारित, सिद्घान्तनिष्ठ, बलियो देशव्यापी कम्युनिष्ट पार्टी निर्माण गरिएपनि बलियो कम्युनिष्ट पार्टीलाई छिया छिया पारिएको बताए । न्यौपानेले जनक्रान्तिको उपलब्धिबाट प्राप्त भएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षा गर्न आफुहरु आगिपरेको बताए । 
उनले अहिले एमाले मुद्घा, इमान नभएको कमाउनिष्ठहरुको डब्फा बनेको आरोप लगाए । उनले एमाले संसद देख्नै नसक्ने पार्टी बनेको बताउँदै आफ्नो बर्चश्व रहेको संसद विघठन गर्ने, वर्चश्व नभए घेराबन्दी गर्ने, दंगा फसाद गरेर गुरिल्ला युद्दझैं सभामुखमाथि हमला गरी संसद चल्न नदिने पार्टी बनेको आरोप लगाए ।
केपी ओली नेतृत्वको एमाले पार्टी संसद विरोधी भएको जनताले बुझेकाले अब संसदको सर्वोच्चताको विरोधीले अब कुन मुखले भोट माग्ने भन्दै उनले प्रश्न गरे । ‘समाजवादको मुद्घा ध्वंस गर्ने, प्राप्त उपलब्धि ध्वस्त पार्ने ? अब के मुद्घा लिएर जनताको माझमा जाने ?’ उनले भने, ‘पाँच वर्षलाई दिइएको जनमत तीन वर्षमै दुई‘दुई संसद विघठन गर्नेले चुनावमा जनतासंग के भनेर भोट माग्ने ?’
अब एमालेले सर्वहारा, श्रमजिवी जनताको प्रतिनिधित्व नगर्ने भन्दै नेता न्यौपानेले सो पार्टीले जमानत जोगाउन पनि नसक्ने दाबी गरे । 
आफूहरु आबद्द पार्टी (एकीकृत समाजवादी ) अहिले सानो भएपनि सही मुद्दा भएकाले भविष्यमा ठूलो हुने बताए । ‘माओत्सेतुङले भनेझैं सही मुद्दा भएमा प्राप्त नभएको सत्ता प्राप्त हुन्छ, गलत मुद्दा भएमा प्राप्त भएको सत्ता पनि गुम्छ ।’ उनले भने, ‘हामीसंग सही मुद्दा भएकाले सत्ता प्राप्त गर्छौ । हामी नेताको पछि होइन, नीती, विधी र पद्दतिको पछि लाग्नुपर्छ । ’
नेता न्यौपानेले नयाँ पार्टीलाई जनताको पार्टी बनाउँन लागिपर्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भुल, भ्रम र लोभबाट गलत बाटोमा लागेकाहरु पनि एकीकृत समाजवादीमा फर्किने आशा व्यक्त गरे ।
यस्तै, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलले आफूहरु सामु हिजो जनताका बिचमा गएर गरिएको प्रतिबद्दता पूरा गर्ने दायित्व आइपरेको बताए । यसका लागि उच्च मनोबलका साथ आफूहरु जुट्ने उनको भनाई छ । ‘हाम्रो पार्टीलाई मकवानपुरमा एक नम्बर पार्टीका रुपमा स्थापित गराउँन चाहान्छौं ।’ अध्यक्ष पाख्रेलले भने, ‘अब हामी जिल्लाको दश वटै पालिका, १०२ वटै वडामा पार्टीको कार्यक्रम लिएर जानेछौं ।
कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु ललित बस्नेत, मुनु सिग्देल, सुर्यचन्द्र न्यौपाने, पार्टी मकवानपुरका उपाध्यक्ष मीना लामा, सचिव विष्णु दाहाल लगायतको आतिथ्यता थियो ।
यसैबिच, पार्टी जिल्ला कमिटिको सपथग्रहण आगामी असोज ९ गतेका लागि तय गरिएको छ । यो दिन पार्टी नगर कमिटी समेत घोषणाको तयारी गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।
पार्टीका केन्द्रिय अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सो दिन अनेमसंघ, युवासंघ, अनेरास्ववियूको जिल्ला कमिटि घोषणा गरिने तयारी भएको उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
त्रिखण्डीमा मोटरसाइकल र सुमो ठोक्किदा चालक गम्भीर घाइते
images-1713948452.jpg

१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...

कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार