Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

उपाधिको लागि निर्माण र प्रतिफल भिड्ने

futsal_1396329116-1504887-1505145522.jpg

गुगल तस्बिर

२६ भदौ, हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा रेडियो मकवानपुरको व्यवस्थापनमा मकवानपुरमा पहिलो पटक सञ्चालन भएको अन्तर सहकारी फुटसलको उपाधिको लागि निर्माण उपभोक्ता सहकारी र प्रतिफल बचत तथा ऋण सहकारी संस्था भिड्ने भएका छन् ।

सोमबार भएको पहिलो सेमिफाइनलमा प्रतिफलले नारायणी बहुउद्देश्यीय सहकारी संस्थालाई २–१ गोल अन्तरले हराएको हो । प्रतिफलको लागि सुमन भुजेल र सुवास रायमाझीले समान एक/एक गोल गरे भने नारायणीको तर्फबाट एक मात्र गोल स्यान्टो आचार्यले गरेका हुन् । बेलुका भएको अर्को सेमिफाइनल खेलमा निर्माण उपभोक्ता सहकारीले साइराम बचत तथा ऋण सहकारीलाई ४–१ गोल अन्तरले हराएको हो ।

निर्माणको जितमा राज शाहीले २ र आशिष मानन्धर तथा सशील देउलाले समान एक÷एक गोल गरेका हुन् । फाइनल खेल आज मङ्गलबार बिहान ८ बजे हुने प्रतियोगिताको व्यवस्थापक रेडियो मकवानपुरका स्टेशन संयोजक राममणि दाहालले जानकारी दिए । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसाभाको सन्दर्भमा पहिलो पटक आयोजना गरिएको अन्तर सहकारी फुटसलको विजेता र उपविजेता टिमले क्रमश : नगद १५ हजार र १० हजार रुपियाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको विजेता टिमलाई असोज ८ गते हुने सहकारीको बार्षिक साधारणसभाको दिन पुरस्कार प्रदान गरिने आयोजक दिव्यतारा सहकारीका सचिव गणेशप्रसाद भेटवालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार