८ असोज, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगर कार्यसमितिको अधिवेशनका क्रममा बिहिबार टिम सार्वजनिक गरिएको छ । सभापतिको उम्मेदवारी घोषणा गरेका उत्सव इटेनी र महेन्द्र राउतले पत्रकार सम्मेलन गरी आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।
इटेनीको टिममा उपसभापति रामकृष्ण कोइराला र डोल्मा स्याङ्बो, सचिवमा सविन न्यौपाने र हर्करत्न लामा, सहसचिवमा विकास बानियाँ र निगम श्रेष्ठ रहेका छन् । त्यस्तै, राउतको टिममा उपसभापतिमा रोशन गोले र ज्योती कोईराला, सचिबमा गंगा पौडेल र कुमार पोख्ररेल, सहसचिबमा अन्जनी पराजुली र सोममाया मोक्तान रहेका छन् । पत्रकार सम्मेलनमा दुबै टिमले आफ्नो कार्यकालमा नेपाली कांग्रेसको संगठन विस्तार लगायतका कार्ययोजना सार्वजनिक गरेका थिए ।
नगर अधिवेशनले सभापति, २ उपसभापति, २ सचिव, २ सहसचिव, कार्यसमिति सदस्यमा प्रत्यक्षतर्फ न्युनतम १९ महिलासहित ५७ जना, खस आर्यतर्फ न्युनतम ८ महिलासहित १६ जना, आदिवासी जनजातितर्फ न्युनतम ९ महिलासहित १९ जना, दलिततर्फ न्युनतम एक महिलासहित २ जना र एक मधेशी र गरी १ सय २ सदस्यीय कार्यसमिति चयन गर्ने छ । नगर अधिवेशन शनिबार हुँदैछ । नगरकार्यसमितिलाई हेटौंडाका १९ वडाका सभापतिसहित ४२० क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् ।
४ मंसिर, हेटौंडा । हेटौंडामा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बरथवा...
४ मंसिर, हेटौंडा । पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेपाल प्रहरीको केन्द्रीय...
४ मंसिर, हेटौंडा । कतारको दोहामा जारी ‘एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स’ क्रिकेट प्रतियोगितामा नेपालले आज...
४ मंसिर, हेटौंडा । श्रीलंकन खेलाडी थरिन्दु रत्नायकेको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा चितवन राइनोजलाई पराजित...
४ मंसिर, हेटौंडा । आज हरिबोधिनी एकादशी । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने...
४ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन । हाल देशको हिमाली भूभागमा...
३ मंसिर, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका-१ भैँसे नजिक सुमो दुर्घटना हुँदा ३...
३ मंसिर, हेटौंडा । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग...
३ मंसिर, हेटौंडा । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित...
१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
२४ कार्तिक, हेटौंडा । पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली...
२४ कार्तिक, हेटौंडा । यमपञ्चकको पाँचौँ दिन आज गोवर्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
२४ कार्तिक, हेटौंडा । आजदेखि नेपाल संवत् ११४७ शुरु भएको छ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत्...
२४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा काठमाडौँ गोर्खाज चितवन...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...















_edit_12985189-1794274603.jpg)


