Email :- prastakhabar@gmail.com
890x90-1603382814.gif

राजनीति

गणेश थापालाई झट्का, चौतर्फी विरोधपछि मेयर महतद्वारा सम्झौता रद्ध

Hari-bdr-1633007770.jpg

१४ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका र नेपाल खेलकुद संस्थाबीच २ दिन अघि भएको सम्झौता रद्ध भएपछि संस्थाका अध्यक्ष गणेश थापालाई झट्का लागेको छ । 
फुटबल एकेडेमी संचालन र खेलकुद प्रशिक्षणका लागि भन्दै असोज १२ गते उपमहानगरपालिकासंग थापाको संस्थाले २५ लाख रुपैंयाको सम्झौता गरेको थियो । तर चौतर्फी विरोध भएपछि सम्झौता रद्ध भएको छ । फुटबलको सर्वोच्च निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा १० वर्ष फुटबलका सबै खाले गतिविधिबाट प्रतिबन्ध लगाईएका थापासंग भ्रष्टचार गर्दिन भन्ने हेटौंडाका मेयर हरिबहादुर महतले २५ लाख रुपैंयाको योजना सम्झौता गरेपछि चौतर्फी विरोध भएको थियो । 
भ्रष्टाचार गरेको फिफाबाट ठहर भई प्रतिबन्धमा परेका व्यक्तिलाई सम्झौता गर्ने तर स्थानीय स्तरका संस्थालाई रकम उपलव्ध गराउन अनेक बहाना गर्ने भन्दै मेयर महतको सामाजिक सञ्जालदेखि चोकचौतारामा विरोध भईरहँदा विहिबार थापासंगको सम्झौता रद्ध भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । 
थापाको संस्था र उपमहानगरपालिकाबीच असोज १२ गते भएको सम्झौता विशेष कारणबश विहिबार नगरप्रमुख स्तरको निर्णयबाट रद्ध भएको प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नगरपालिका र थापाको संस्थाबीच भएको सम्झौता थापाले फेसबुकमा फोटो पोष्ट गरेर सबैलाई धन्यवाद दिएपछि बाहिर आएको थियो ।

HNP-1633007772.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_589784971989384-1622946620.gif
Interlock-1553785174-1606185168.jpg
received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
स्कुटरले ठक्कर दिंदा भुजेलको मृत्यु
Accident-1635316673.jpg

१० कार्तिक, महोत्तरी । महोत्तरीको जलेश्वर-जनकपुर सडकखण्डमा स्कुटरले ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ...

बसको ठक्करबाट एकजनाको मृत्यु
Death-1635314404.jpg

१० कार्तिक, सप्तरी । पूर्व-पश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकमा भएको दुर्घटनामा...

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो
Gold-1635314000.jpg

१० कार्तिक, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा बुधबार सुन ४०० रुपैंया र...

मउवा संघको वाणिज्य तर्फको उपाध्यक्षमा अग्रवाल विजयी
245234641_445590498449182-1635312637.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार सम्पन्न निर्वाचनमा वाणिज्य तर्फको उपाध्यक्षमा अनिल...

मूख्यमन्त्री शाक्यले आज विश्वासको मत लिंदै
AstaLaxmi-1635308546.jpg

१० कार्तिक, हेटौंडा । बागमती प्रदेशकी मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिंदैछिन् ।...

मउवा संघको बाणिज्य तर्फको मत गणना जारी, अग्रवाल अगाडी
245234641_445590498449182-1635304649.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचनको मत परिणाम...

बारद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग
1586167235-1635301987.jpg

१० कार्तिक, काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ । बारको...

मउवा संघको उद्योगतर्फ उपाध्यक्षमा रानाभाट विजयी
247733533_443559882650931-1635298373.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा उद्योग तर्फको उपाध्यक्षमा प्रमोद...

मउवा संघको उद्योग तर्फको मत गणना जारी, रानाभाट अगाडी
83097507_2665205140215363-1635294715.jpg

१० कार्तिक, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको निर्वाचन मत परिणाम आउने...

थप समाचार
received_4248489671868048-1622949503.gif