Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

जनकपुर घटनाका दोषीलाई कारबहीको माग गर्दै ईन्जिनियरुहरुले बुझाए ज्ञापन पत्र

pic-2-1635138113.png

८ कार्तिक, हेटौंडा । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, जनकपुरमा कार्यरत निमित्त आयोजना प्रमुख ईन्जिनियर राजेश कुशवाहा माथी भएको अभद्र व्यवहारका दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै ईन्जिनियरहरुले आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश र जिल्ला प्रशासन कार्यलय मकवानपुर मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।
सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल सिडेन बागमती प्रदेश र नेपाल ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले संयुक्तरुपमा घटना प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आइतबार ज्ञापन पत्र बुझाएका हुन् । 
उनीहरुले सि.के. राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले ईन्जिनियर कुशवाहामाथी नृशंस तरिकाले दुव्र्यवहार गरेको भन्दै उनीहरुको उक्त कृयाकलाप अक्षम्य अपराधिक कुकर्म भएकाले जतिसक्दो कडा भन्दा कडा कारवाहीको माग गरेका छन् । 
ज्ञापन पत्रमा कुनैपनि राजनितिक दलको नाममा एकजना राष्ट्रसेवक कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको शिलसिलामा देशको कानुनलाई समेत हातमा लिइ भएको व्यवहारले कानुनी राज्यको समेत खिल्ली उडाएकोले अव उपरान्त यस्ता घटना नदोहोरिने प्रतिवद्धा सहित राज्यको तर्फबाट आश्वस्त पार्न र पेशागत सुरक्षाको ग्यारेन्टी गर्न माग गरिएको छ ।
यसैविच ईन्जिनियरहरुले जनकपुर घटनाको विरोधमा आज सोमबार विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा हातमा कालो पट्टी बाधेर २ घण्टा पेन डाउन गर्ने सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स एसोसिएसन बागमती प्रदेशका सचिव ईन्जिनियर विक्रम खतिवडाले जानकारी दिए ।

moial-1635138115.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

राप्रपा केन्द्रीय समिति बैठक सर्यो
1701944755_raprapa-1200x5-1780901708.jpg

२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold1616689900-1780901380.jpg

२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...

प्रतिनिधि सभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1780886138.jpg

२५ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सोमबार बिहान ११ बजे बस्ने  भएको हो । बैठकमा राजस्व र...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1780622656.jpg

२२ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg