Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

मकवानपुर उद्योग वाणिज्य संघको मतगणना: वस्तुगत उपाध्यक्षमा राजु अधिकारी विजयी

Raju-ad-1635267719.jpg

९ कार्तिक,हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज सम्पन्न मतदान प्रकृयाको मतगणना  सुरु भइसकेको छ।  

आगामी ३ बर्षीय कार्यकाल लागि नयाँ नेतृत्व चयनका लागि मंगलबार(आज) मतदान भएको थियो। अध्यक्ष सहित २६ पदमा ५४ जनाको उम्मेदवारी परेको थियो।भर्खरै वस्तुगत तर्फको मतगणनाको नतिजा सार्वजनिक भएको छ। मकवानपुर उद्योग वाणिज्य संघको  वस्तुगत तर्फको उपाध्यक्षमा राजु अधिकारी विजयी भएका छन् ।अधिकारीले १८ मत पाएर विजयी भएका हुन ।उपाध्यक्ष पदका अर्का उम्मेदवार  काव्यमणि अधिकारीले ११ मत  प्राप्त गरेका छन। त्यसैगरी वस्तुगत तर्फको सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी भएका छन। जसमा अन्य दुई आउम्मेदवार आजिव भट्टराई र पुष्पराज पुडासैनी पराजित भएका छन। 

आगामी कार्यकालको लागि अध्यक्षमा कृष्णकुमार गुप्ता र राजकुमार न्यौपानेले उम्मेदवारी दिएका थिए भने वाणिज्य तर्फको उपाध्यक्षमा अनिल अग्रवाल र रामप्रसाद न्यौपाने, उद्योग तर्फको उपाध्यक्ष  प्रतिमा श्रेष्ठ र प्रमोद सिंह रानाभाटको उम्मेदवारी रहेको छ । 

त्यसैगरी एशोसिएट उपाध्यक्ष तर्फ उज्वल चौलागाई र विष्णु खनाल बिच कडा प्रतिस्पर्धा रहेको छ। वाणिज्य सदस्य खुल्ला ७ जनाको लागि १४ जनाको उम्मेदवारी परेको छ ।जसमा अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चौलागाईँ, कृष्णप्रसाद ढुङगाना, जावेद हुसेन, दामोदर पाठक, दीपक खत्री, दिवश पराजुली, नेत्रप्रसाद खतिवडा, बालकृष्ण बजगाई, विष्णुप्रसाद दाहाल, माधव ज्ञवाली, विकेश लाल श्रेष्ठ सुदर्शन खरेल र हरिनारायण ठाकुर रहेका छन् ।

त्यसैगरी वाणिज्य सदस्य (महिला आरंक्षण)  २ जनाको पदमा  निलम पाण्डे, निलम वैद्य, नेत्रकुमारी भट्ट र मनु दाहाल गरी ४ जनाले उम्मेदवारी दिएका छन् । पश्चिमी क्षेत्र आरक्षण १ जनाको पदमा कृष्णहरी बर्तौला,राजु राउत र राधिका सामरी पाण्डे गरि ३ जनाको उम्मेदवारी दिएका छन । उद्योग सदस्य खुल्ला तर्फ ४  जना सदस्यका लागि श्रीकृष्ण कर्माचार्य, दीपक शिवाकोटी, नरेन्द्र भण्डारी, भुपेन्द्र प्रसाद अधिकारी, रुपकराज दाहाल, सन्तोषकुमार अर्याल, हरिप्रसाद ढकाल र ज्ञानेन्द्र बर्तौला गरी ८ जनाले उम्मेदवारी दिएका छन। उद्योग सदस्य १ जना महिला आरंक्षणका लागि मेनका श्रेष्ठ र सितादेवी भेटुवाल २ जनाको उम्मेदवारी रहेको छ ।

त्यस्तै एशोसिएट उपाध्यक्ष तर्फ उज्वल चौलागाई र विष्णु खनाल रहेका छन् । एशोसिएट सदस्य (खुल्ला ) ३ जना सदस्यका लागि अंकिता सुमार्गी, गणेशप्रसाद भेटुवाल, नवराज खतिवडा, राजाराम कार्की, राजु थापा र रामशरण दुलाल गरी ६ जनाले उम्मेदवारी दिएका छन् । एशोसिएट सदस्य (हेटौंडा औद्योगीक क्षेत्र आरक्षण)का लागि आशोक कुमार राउत र दीपक उप्रेति उम्मेदवारी रहेका छन्  । केही पदको नतिजा अबेर राति आउने गरी मतगणना सुरु गरिएको मतदान अधिकृत ईश्वर राज ढकालले बताएका छन। मकवानपुर उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि कृष्ण कुमार गुप्ता अग्रवाल प्यानल र पुर्व अध्यक्ष राजकुमार न्यौपाने नेतृत्वको प्यानल चुनावी मैदानमा रहेका छन। यो समाचार तयार पार्दासम्म  मतगणना जारी  रहेको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
dddd-1713961495.jpg

१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...

बैशाख २४ गते सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय
Capture-1713961405.JPG

१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि पहल
Screenshot_20240424_16472-1713956571.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...

थप समाचार