Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

यति पोलिकेममा सहमति

Y1-1471274846.jpg

३१ साउन, हेटौंडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको यति पोलिकेममा कार्यरत मजदुर र व्यवस्थापन पक्षबीच सोमबार अबेर सहमति भएको छ । २०७३ असार ९ गते माग राखेर संघर्षरत नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन र उद्योग व्यवस्थापन पक्षबीच श्रम कार्यालय हेटौँडामा भएको छलफलमा मजदुरका १० बुँदे मागमा सहमति जुटेको हो । 
सहमतिमा उद्योगमा कार्यरत कामदारमध्ये २४० दिन अविछिन्न हाजिर पुगेका कामदारलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिने, उद्योगमा कार्यरत कामदारलाई पद बर्गिकरण गर्ने, करारमा कार्यरत कामदारलाई सरकारले तोकेको पारिश्रमिक दिने, उमेर पुगेका कामदारलाई आपसी समझदारी अनुसार काममा लगाउने सहमति भएको छ । 
त्यसैगरी, आर्थिक मागतर्फ मासिक रकममा रात्रि भत्ता ५० रुपैँया, यातायात खर्च दुईसय रुपैँया, घर भाडा चारसय रुपैँया, धुलो खर्च एक सय रुपैराय र अन्य खर्च पाँच सय ५१ रुपैँया बृद्धि गर्ने निर्णय भएको छ । बोनस रकम, ओभर टाईमको पारिश्रमिक श्रम ऐन अनुसार गर्ने सहमति भएको छ । आवास कोष कर्जा सम्बन्धमा विना व्याज दरमा प्रतिष्ठानमा कार्यरत कामदारलाई आवश्यकता हेरी दुई जनाको लिखित जमानीमा बढिमा पचास हजार रुपैँया उपलव्ध गराउने र प्रतिष्ठानमा गठन हुने श्रम सम्बन्ध समितिले बनाउने नीति अनुसार  कर्जा प्रवाह हुने निर्णय भएको छ । छलफलमा श्रम सम्बन्ध समिति गठन, स्वेच्छिक राजिनामा सम्बन्धमा, मासिक स्वास्थ्य परीक्षण, पोशाक, बार्षिक ग्रेड, संचित विदा रकम लगायतका बारेमा समेत सहमति जुटेको छ ।
छलफलमा उद्योग व्यवस्थापनको तर्फबाट प्रदिपकेशर लामिछाने, दिनेश जोशी र सम्पूर्ण सुवेदी उपस्थित थिए भने कामदारको तर्फबाट विश्वराज श्रेष्ठ, सोम लामा, सरोज कार्की, अशोककुमार श्रेष्ठ, नारायण लुईटेल र हेमन्त लामा थिए । जिल्लाका ट्रेड युनियन नेताहरु हरिप्रसाद वाग्ले, कुमार पौडेल, विरेन्द्र लामा र श्रम कार्यालयका श्यामप्रसाद श्रेष्ठ छलफलमा उपस्थित थिए ।

Y2-1471274847.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार