३१ साउन, हेटौंडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको यति पोलिकेममा कार्यरत मजदुर र व्यवस्थापन पक्षबीच सोमबार अबेर सहमति भएको छ । २०७३ असार ९ गते माग राखेर संघर्षरत नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन र उद्योग व्यवस्थापन पक्षबीच श्रम कार्यालय हेटौँडामा भएको छलफलमा मजदुरका १० बुँदे मागमा सहमति जुटेको हो ।
सहमतिमा उद्योगमा कार्यरत कामदारमध्ये २४० दिन अविछिन्न हाजिर पुगेका कामदारलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिने, उद्योगमा कार्यरत कामदारलाई पद बर्गिकरण गर्ने, करारमा कार्यरत कामदारलाई सरकारले तोकेको पारिश्रमिक दिने, उमेर पुगेका कामदारलाई आपसी समझदारी अनुसार काममा लगाउने सहमति भएको छ ।
त्यसैगरी, आर्थिक मागतर्फ मासिक रकममा रात्रि भत्ता ५० रुपैँया, यातायात खर्च दुईसय रुपैँया, घर भाडा चारसय रुपैँया, धुलो खर्च एक सय रुपैराय र अन्य खर्च पाँच सय ५१ रुपैँया बृद्धि गर्ने निर्णय भएको छ । बोनस रकम, ओभर टाईमको पारिश्रमिक श्रम ऐन अनुसार गर्ने सहमति भएको छ । आवास कोष कर्जा सम्बन्धमा विना व्याज दरमा प्रतिष्ठानमा कार्यरत कामदारलाई आवश्यकता हेरी दुई जनाको लिखित जमानीमा बढिमा पचास हजार रुपैँया उपलव्ध गराउने र प्रतिष्ठानमा गठन हुने श्रम सम्बन्ध समितिले बनाउने नीति अनुसार कर्जा प्रवाह हुने निर्णय भएको छ । छलफलमा श्रम सम्बन्ध समिति गठन, स्वेच्छिक राजिनामा सम्बन्धमा, मासिक स्वास्थ्य परीक्षण, पोशाक, बार्षिक ग्रेड, संचित विदा रकम लगायतका बारेमा समेत सहमति जुटेको छ ।
छलफलमा उद्योग व्यवस्थापनको तर्फबाट प्रदिपकेशर लामिछाने, दिनेश जोशी र सम्पूर्ण सुवेदी उपस्थित थिए भने कामदारको तर्फबाट विश्वराज श्रेष्ठ, सोम लामा, सरोज कार्की, अशोककुमार श्रेष्ठ, नारायण लुईटेल र हेमन्त लामा थिए । जिल्लाका ट्रेड युनियन नेताहरु हरिप्रसाद वाग्ले, कुमार पौडेल, विरेन्द्र लामा र श्रम कार्यालयका श्यामप्रसाद श्रेष्ठ छलफलमा उपस्थित थिए ।
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


















