Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू

घरासयी ग्राहकले २० युनिटको ३० रुपैयाँ तिरे पुग्ने

nea-1635381121.jpg

११ कार्तिक, हेटौंडा । सरकारले मङ्सिरदेखि विद्युतको नयाँ महसुल दर लागू गर्ने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । 
नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो । मङ्सिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिर्नुपर्नेछ । त्यसका लागि प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गनुपर्नेछ ।
आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ । अहिलेसम्म सिङ्गल फेजमा ५, १५, ३० र ६० एम्पियर गरी नौ वटा स्ल्याब राखेर महसुल लिँदै आएको छ । अब भने यस्तो स्ल्याबलाई ६ वटामा झारिएको छ । 
अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १ सय, १ सय १ देखि २ सय ५० र २ सय ५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ । अब महिनामा १ सय १ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको छ । यी भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ । 
व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १० दशमलव ५० र हिउँदमा ११ दशमलव ५० रुपैयाँ फरक–फरक महसुल तिर्नुपर्ने छ । यसअघि चार सय युनिटसम्म खपत गरेमा ११ दशमलव५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो ।
सबैभन्दा बढी लाभ यसपटक सिँचाइका ग्राहकले पाएका छन् । उनीहरूको महसुल ८० प्रतिशतसम्म घटाइएको छ । २३०÷४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २ दशमलव२५ रुपैयाँ महसुल तिनुपर्ने छ ।  
यसअघि यो तहमा प्रति युनिट ४ दशमलव ३० रुपैयाँ महसुल थियो । सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २ दशमलव ५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४ दशमलव ८० रुपैयाँ थियो । ११ केभीका सिँचाइ ग्राहकले प्रतियुनिट २ दशमलव ६० रुपैयाँ महसुल तिरे पुग्नेछ । 
यसअघि यो स्ल्याबमा प्रतियुनिट ४ दशमलव९० रुपैयाँ थियो । सिँचाइमा दिइएको सुविधाका लागि प्राधिकरणले वर्षमा ५६ करोड योगदान गर्नुपर्ने छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार