Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

बीउ व्यवसायी संघ मकवानपुरको अध्यक्षमा रमेश अर्याल चयन

253911646_250027513777003-1636809154.jpg

२७ कार्तिक, हेटौंडा । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।
हेटौँडामा शनिबार भएको अधिवेशनमा वक्ताहरुले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएको बताउँदै नेपाल आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका थिए । 
कार्यक्रममा बीउ व्यवसायी संघका केन्द्रीय सचिव विश्वराज बानियाँले पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको बताउँदै अझै आत्मनिर्भर नबनेको र आयात गर्दा विविध समस्या झेल्नुपर्ने अवस्था रहेको बताए  । उनले स्थानीय तहमा कृषिसम्बन्धी प्रविधिकको अभावमा बीउबिजन र विषादी व्यवसायीहरुले कृषकको समस्या समाधानमा सहजीकरण गर्दै आएको बताए ।
संघका जिल्ला अध्यक्ष माधवप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा संघको बागमती प्रदेशका उपाध्यक्ष हरिशरण अर्याल, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाल, बीउ व्यवसायी संघ मकवानपुरका सचिव रमेश अर्याल, सदस्य फेन्चु लामा र सुदर्शन विष्टले मन्तव्य व्यक्त गरेका थिए । 
संघको चौथो अधिवेशनले रमेश अर्यालको अध्यक्षतामा दुई वर्षका लागि नौ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा कृष्णकाजी प्रधान, सचिव फेन्चु लामा, कोषाध्यक्षमा कृष्ण खतिवडा तथा सदस्यहरुमा सुजन अधिकारी, पुरुषोत्तम विष्ट, अनिता अधिकारी, निराजन बर्तौला र नेत्र केसी रहेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार