११ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक दिपनराज आचार्यले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा विभिन्न विधामा मासीक बचत नियमित गर्ने हरि कृष्ण ढकाल,कमला पाठक,उत्कृष्ट कारोबारीमा खिल प्रसाद घिमिरे,कमला आले मगर,ज्येष्ठ शेयर सदस्यमा लाल प्रसाद पोखरेल र चित्रा कुमारी आचार्य,उद्यमी तर्फ विष्णु कुमार श्रेष्ठ, माया देवी राई,सदस्यतावृद्धि तर्फ यादव सापकोटा,मान बहादुर सिंह लामालाई सम्मान गरिएको थियो भने संचारकर्मी तर्फ नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,संचालक समिति तर्फ रेखा गिरी(मैनाली),संस्थागत सेयर तर्फ दिवाकर आचार्य र नारायण प्रसाद अधिकारी,बाल बचत तर्फ आदिति कोइराला,सुयाष्ना लामा र महिला बचत समूह तर्फ बिन्दबासिनी महिला उप-समूह 'ख' लगायतलाई नगद सहित सम्मान गरिएको थियो ।
त्यस्तै संस्थाको सेयर सदस्य रही नेपाल पत्रकार महासंघ बागमती प्रदेश र जिल्ला शाखामा निर्वाचित भएका नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,नेपाल पत्रकार महासंघ बागमती प्रदेश परिषद सदस्य सुनिल शिवाकोटी र नेपाल पत्रकार महासंघ मकवानपुर कार्य समिति सदस्य विजय पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी उपध्यक्ष मिना चौरेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ,रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपाने, हेटौंडा वचत तथा ऋण सहकारी अध्यक्ष ईन्द्रबहादुर बस्नेत,कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, श्री निवास लक्ष्मी नारायण टोल विकासका अध्यक्ष जनार्दन पौडेल, संस्थाकी सचिव मिना अधिकारी,संस्थाका सल्लाहकार गणेशकुमार श्रेष्ठ, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाको भेलाले आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजी २ करोड २६ लाख ३१ हजार, कूल सदस्य बचत १६ करोड ४२ लाख र ऋण लगानी १६ करोड २५ लाख २४ हजार रहेको संस्थाले जनाएको छ ।संस्थामा २ हजार ६ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...
१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...
१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...
१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...
१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...
१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ । निर्वाचन...
१३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...