Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणको २५ औं बार्षिक साधारणसभा सम्पन्न: पत्रकार देखी सेयर सदस्य सम्मानित

Janakalyan-1638005485.jpg

११ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण समितिको प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिका संयोजक दिपनराज आचार्यले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा विभिन्न विधामा मासीक बचत नियमित गर्ने हरि कृष्ण ढकाल,कमला पाठक,उत्कृष्ट कारोबारीमा खिल प्रसाद घिमिरे,कमला आले मगर,ज्येष्ठ शेयर सदस्यमा लाल प्रसाद पोखरेल र चित्रा कुमारी आचार्य,उद्यमी तर्फ विष्णु कुमार श्रेष्ठ, माया देवी राई,सदस्यतावृद्धि तर्फ यादव सापकोटा,मान बहादुर सिंह लामालाई सम्मान गरिएको थियो भने संचारकर्मी तर्फ नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,संचालक समिति तर्फ रेखा गिरी(मैनाली),संस्थागत सेयर तर्फ दिवाकर आचार्य र नारायण प्रसाद अधिकारी,बाल बचत तर्फ आदिति कोइराला,सुयाष्ना लामा र महिला बचत समूह तर्फ बिन्दबासिनी महिला उप-समूह 'ख' लगायतलाई नगद सहित सम्मान गरिएको थियो । 

त्यस्तै संस्थाको सेयर सदस्य रही नेपाल पत्रकार महासंघ बागमती प्रदेश र जिल्ला शाखामा निर्वाचित भएका नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल,नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम,नेपाल पत्रकार महासंघ बागमती प्रदेश परिषद सदस्य सुनिल शिवाकोटी र नेपाल पत्रकार महासंघ मकवानपुर कार्य समिति सदस्य विजय पौडेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। 

संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा हेटौँडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी उपध्यक्ष मिना चौरेल, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ,रानी सामुदायिक वन उपभोक्ता समूह अध्यक्ष विष्णुप्रसाद न्यौपाने, हेटौंडा वचत तथा ऋण सहकारी अध्यक्ष ईन्द्रबहादुर बस्नेत,कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, श्री निवास लक्ष्मी नारायण टोल विकासका अध्यक्ष जनार्दन पौडेल, संस्थाकी सचिव मिना अधिकारी,संस्थाका सल्लाहकार गणेशकुमार श्रेष्ठ, लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाको भेलाले आर्थिक वर्ष ०७७/०७८ मा शेयर पूँजी २ करोड २६ लाख ३१ हजार, कूल सदस्य बचत १६ करोड ४२ लाख र ऋण लगानी १६ करोड २५ लाख २४ हजार रहेको संस्थाले जनाएको छ ।संस्थामा २ हजार ६ सय भन्दा बढी शेयर सदस्यहरु रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार