Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चेतनशिल दुग्ध सहकारीको भेला सम्पन्न

Chetansheel-1639216746.jpg

२५ मंसिर, हेटौडा । हेटौडा–१७ चिसापानीमा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा शनिवर सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष महेश बजगाईले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक रंगनाथ अधिकारीले लेखा समितिको प्रतिवेदन, सामान खरिद उपसमितिका संयोजक रामप्रसाद तिमल्सिनाले सामान खरिद उपसमितिको प्रतिवेदन, पशुधन उपसमितिका संयोजक धन बहादुर कार्कीले पशुधन उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा ज्येष्ठ शेयर सदस्य, बढी दूध विक्री गर्ने, बढी सामान खरीद गर्ने, संस्थापक शेयर सदस्य, असल बचतकर्ता, असली कारोवारी, उत्कृष्ठ विद्यार्थी, बैठकमा बढी दिन उपस्थित हुने संचालक र उत्कृष्ठ कर्मचारी लगायतलाई सम्मान गरिएको थियो ।
हेटौडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा हेटौडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौैडा उमनपाका कार्यपालिका सदस्य कृष्ण राई, संस्थाका पूर्वअध्यक्ष कृष्ण प्रसाद सापकोटा, रोटरी क्लव अफ हेटौडाका अध्यक्ष राम प्रसाद घोरसैनी, संस्थाका कानूनी सल्लाहकार मदन कुमार दाहाल, शुभकामना सहकारीकी अध्यक्ष शान्ता गौतम, नारायणी दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष ईन्द्र प्रसाद खतिवडा, संस्थाद्वारा गठित बचत उपसमितिका सचिव विष्णुमान श्रेष्ठ लगायताले मन्तब्य व्यक्त गरेका थिए ।
 ७ सय ८३ जना शेयर सदस्य रहेको सहकारीले आव ०७७/०७८ मा ११ करोडको कारोवार गरेको व्यवस्थापक दीपक ढकालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार