९ पुस,हेटौंडा–। मकवानपुरको राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शनिबार उद्घाटन गरिएको छ ।राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले देवीटार आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका हुन् ।
राक्सिराङको १, ३, ४, ६, ८ र ९ नम्बर वडामा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो । जसमध्ये ८ नम्बर वडासहित ९ र ३ नम्बर वडामा भवन निर्माण सम्पन्न भइसकेको छ । ‘बाँकी ४ वटा वडामा पनि स्वास्थ्य केन्द्रको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । अबको केही समयमा नै नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु गर्छौंं ।’ गाउँपालिका अध्यक्ष मल्लले भने ।
देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन गर्दै अध्यक्ष मल्लले अहिले वडा वडामा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा दिइरहेको र अझै यो सेवा विस्तार गर्ने योजनामा रहेको बताए।
गाउँपालिकाका ९ वटा वडामा हाल १० वटा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा छन् । जसमध्ये ४ वटा केन्द्रमा सुत्केरी सेवासमेत सञ्चालनमा छ । चैनपुरमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नती गरी १० बेडको अस्पताल सञ्चालन अन्तिम चरणमा छ । गाउँपालिकाको केन्द्र चैनपुरमा डाक्टरको सेवासमेत उपलब्ध भइसकेको छ ।
गाउँपालिकामा करिब सवा दुइ करोडको लागतमा पक्की स्वास्थ्य संरचना निर्माण भएको छ । गत वर्ष ठेक्का लागेर निर्माण सुरु भएका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवनमध्ये केहीको निर्माण सम्पन्न भइसकेको छ भने केहीको निर्माण अन्तिम चरणमा पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले राक्सिराङका ६ वटा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणको लागि प्रति भवन ३८ लाख रुपैयाँका दरले २ करोड २८ लाख रुपैयाँ छुट्याएको थियो ।
राक्सिराङ–८ का वडाध्यक्ष रामकृष्ण प्रजाको अध्यक्षतामा भएको देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका उपसभापति मोहन नगरकोटी, देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी ईञ्चार्ज रजनी थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण गर्न एक रोपनी जग्गा दान गर्ने सिताराम स्याङ्तान र समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै निर्माण कम्पनीका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







