फोटो:भिमसेन पौडेल
२० पुस,हेटौडा । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाले आगामी माघ महिनादेखि दूधको मूल्य बढ्ने बताएका छन ।
मंगलबार बिहान हेटौंडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको ३० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष देवकोटाले लागत अनुसार दूधको मूल्य न्युन भएका कारण दूधको मूल्य बढ्ने बताएका हुन। अध्यक्ष देवकोटाले दुग्ध उत्पादक सहकारी संस्थाहरुले उत्पादन बढाउदै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिएका थिएका छन। उनले नेपालका दुग्ध उत्पादक किसानहरुले दैनिक ४ लाख ५० हजार लिटर दूध उत्पादन गर्नुको साथै दैनिक ५ करोडको कारोवार दुग्ध व्यवसायमा हुने गरेको बताए।
साधारणसभामा संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम घिमिरेले लेखा समितिको प्रतिवेदन र कृषक हितकोषका संयोजक रामहरि चौलागाईले कृषक हितकोषको प्रतिवेदन पेश गरेका थिए।साधारणसभामा उत्कृष्ट कर्मचारीमा व्यवस्थापक लक्ष्मण सापकोटा, कार्यालय सहायक बलराम सञ्जेल, रामकृष्ण दुलाल, बढी दूध र पशु आहार खरिद गर्ने बासुदेव अधिकारी, हिमलाल अर्याल, केदारनाथ दाहाल, जीवकुमारी धिताल, विमला गौतम, केशव धिताललाई पुरस्कृत गरिएको थियो । त्यसैगरि गुणस्तरीय दूध विक्री गर्ने रामप्रसाद गौतम,गोठ सफा राख्ने तारानाथ ढकाल,भाडा सफा राख्ने रामप्रसाद राई, नियमित बचत गर्ने रामकुमारी देवकोटा र असली कारोवारीमा बिमला दाहाललाई पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेको सभाध्यक्षतामा भएको साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुरका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका सल्लाहकार साधुराम चौलागाई, बासुदेव सापकोटा, बालकृष्ण चौलागाई, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेल,रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, संस्थाका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो । संस्थामा ३ सय २८ जना शेयर सदस्यहरु रहेका छन।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













