Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

राष्ट्रिय सहकारी दिवसमा प्रदेश प्रमुख शर्माको शुभकामना 

yadav-chandra-sharma-phot-1648961307.jpg

२० चैत, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा सहकारी अभियानमा संलग्न सबैमा शुभकामना सन्देश व्यक्त गरेका छन् ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित आज मनाइदै गरिएको राष्ट्रिय सहकारी दिवसमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले यस अभियानमा लाग्ने सम्पूर्ण अभियन्ताहरुको योगदान प्रसंशनीय रहेको उल्लेख गरेका छन् ।
शुभकामना सन्देशमा प्रमुख शर्माले सहकारीले समुदायमा छरिएर रहेको पुँजी र बैंकको पहुँच बाहिर रहेका मानिसहरुलाई आबद्घ गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
वि.सं २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापित भएसंगै नेपालमा सहकारी अभियान शुभारम्भ भएको देखिन्छ । तीव्र आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत् उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै उल्लेख गरी सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको उल्लेख गर्दै प्रमुख शर्माले पुँजीवादी हैकम र सामन्ती शोषणबाट मुक्तिका खातिर सहकारी आन्दोलन सामाजिक परिवर्तनको एउटा आयाम मान्न सकिनेमा जोड दिएका छन् ।
शुभकामना सन्देशमा उनले सहकारीमार्फत नागरिकको आर्थिक अवस्था विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताएका छन् । केही सहकारी संस्थाहरु वित्तीय अनुशासन तथा यसको सिद्घान्त विपरित संचालन भएको गुनासो बेलाबखत सुनिने गरेकोमा यसतर्फ सम्बन्धित पक्षले ध्यान दिनुपर्ने शर्माको भनाई छ । 
 

sahakari-diwasko-sandesh-1648961309.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार