फाइल तस्विर
२० चैत, हेटौंडा । पोल्ट्रीको राजधानी मानिने चितवनमा पन्छीमा लाग्ने संक्रामक रोग ‘बर्ड फ्लु’ बढ्दो क्रममा भेटिएको छ। एकैपटक आधा दर्जन खोरहरूमा बर्ड फ्लु देखिएपछि ती कुखुरा नष्ट गर्ने कामलाई तीव्र पारिएको छ।
यस वर्ष २५ माघमा चितवनको राप्तीमा पहिलोपटक बर्ड फ्लु देखिएको थियो। अहिले भरतपुर र खरहनीमा देखिएको छ। यो वर्ष हालसम्म चितवनका सात खोरमा बर्ड फ्लु देखिइसकेको छ ।
भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र चितवन डा। प्रभात न्यौपानेका अनुसार चितवनमा किसानले ठूलो परिमाणमा क्षति व्यहोर्दैछन्। उनले भने, ‘हामी काम गर्दै छौँ, ठ्याक्कै तथ्यांक त भन्न नसकिएला, तर ५० हजारभन्दा बढी कुखुरा नष्ट हुँदै छ। अन्डा र दानाको परिमाण पनि ठूलो छ।’ उनका अनुसार दुई हजारभन्दा बढी कुखुरापालन भएका खोरहरूमा अहिले बर्ड फ्लु देखिएको छ।
चितवनसहित बागमती प्रदेशका ६ जिल्लामा बर्ड फ्लु देखापरेको छ। यहाँको कृषि तथा पशुपक्षी विकास मन्त्रालय हेटौँडाका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र सिन्धुपाल्चोकमा बर्ड फ्लु देखिएको हो।
मन्त्रालयका सहसचिव डा। शरणकुमार पाण्डेका अनुसार तत्काल बर्ड फ्लु देखिएको ठाउँमा विज्ञ केन्द्रमार्फत पन्छी नष्ट गर्ने काम भइरहेको छ। ‘अहिले ओसारपसार बन्द गर्नुपर्ने पहिलो प्राथमिकताको विषय हो,’ उनले भने, ‘हामी सबै पन्छी फार्ममा पुगेर टेस्ट गर्ने गरी योजना पनि बनाइरहेका छौँ।’ (साभारः नयाँपत्रिका)
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













