२९ चैत,हेटौंडा। आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने नेपाल प्रेस युनियनको नवौं महाधिवेशन सम्पन्न गर्न थप ७ वटा समितिहरु पहिचान गरिएको छ । प्रेस युनियन मकवानपुर र महाधिवेशन समन्वय समितिको आह्वानमा मंगलबार भएको भेलाले महाधिवेशनलाई व्यवस्थित ढंगले सम्पन्न गराउनको लागि विभिन्न क्षेत्रको जिम्मेवारी दिनेगरी समिति गठन गर्ने निर्णय गरेको हो ।
भेलाले प्रचार प्रसार समिति, मञ्च व्यवस्थापन समिति, स्वागत सत्कार तथा प्रभातफेरी समिति सांस्कृतिक समिति, स्वयम्सेवक तथा सुरक्षा समिति, आर्थिक समिति र स्वास्थ्य तथा पिउनेपानी व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । यसअघि महाधिवेशन समन्वय समिति, आवास समिति, भोजन समिति र सचिवालय व्यवस्थापन समिति गठनन भइसकेको छ ।
थप गरिएका समितिहरुमा संयोजक र सदस्यहरु छिट्टै तोकिने र समितिहरुले गर्ने कामहरुको बारेमा समेत स्पष्ट खाका बनाइने महाधिवेशन समन्वय समितिका संयोजक एवम् युनियनका केन्द्रीय सदस्य राममणि दाहालले जानकारी दिए । भेलामा युनियनका केन्द्रीय सदस्य राममणि दाहाल, युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, पूर्व अध्यक्ष गोकर्ण सुवेदी, युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारी कुमार, युनियन उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, सचिव केशव समर्पणलगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिगता रहेको थियो । महाधिवेशनमा युनियनका करिब १ हजार पाँच सय जना प्रतिनिधिल सहभागी हुनेछन्।प्रेस युनियनको महाधिवेशनलाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गर्ने जनाइएको छ ।
३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...
३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...
२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...
२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...
२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...
२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...
२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश...
१९ कार्तिक, हेटौंडा । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम...
१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...
१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...
२० कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सबैभन्दा ठूलो राशिको पत्रकारिता...
१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...










-nepal-1793665142.jpg)
-nepal-1793842721.jpg)






