Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा गठबन्धनकाे पहिलाे सम्पर्क कार्यालय उद्धाटन गर्दै घरदैलो

Screenshot_20220426-21255-1650987684.jpg

१३ बैशाख, हेटाैंडा । स्थानीय तह निर्वाचनकाे लागि गठबन्धनकाे पहिलाे सम्पर्क कार्यालय हेटाैंडा १ चाईनाक्वाटरमा उद्घाटन गरिएकाे छ ।
गठबन्धनबाट हेटाैंडा उपमहानगरकाे मेयर र उपमेयरकाे उम्मेदवार बनेका मिनाकुमारी लामा र राजेश बानियाँले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सांसद मुनु सिग्देलले गठबन्धनका उम्मेदवारलाई बिजयी गराउने काममा भुमिका खेल्न आग्रह गरिन् । मुलुक र गणतन्त्र जाेगाउनका लागि अहिले गठबन्धनकाे आवश्यकता रहेकाे बताईन् । महिलालाई अवसरबाट बञ्चित गराईदै आएकाे छ, अब त्याे अवसर हामिलाई छ साेहि अनुसार गठबन्धनकाे पक्षमा लाग्न जाेड दिईन् ।
कार्यालय उद्घाटनमा मेयर पदका उम्मेदवार लामाले नगरकाे बिकासका लागि गठबन्धनबाट बनेका उम्मेदवारले काम गर्नेमा बिश्वास गर्न आग्रह गरीन् । जनताले चाहेकाे परिवर्तन र सेवा एमालेबाट नहुँने दावी गरिन् ।
कार्यक्रममा उपमेयरका उम्मेदवार बानियाँले शिक्षा, स्वास्थ, पुर्वाधार निर्माण र खेलकुदकाे क्षेत्रमा काम गर्ने बिष्वास दिलाए । उनले समाजकाे सकारात्मक बिकासमा काम गर्ने माैका दिन जनतान आग्रह गरे । पुर्वाधार निर्माणमा आफुले हेटाैंडा-५ मा गरेकाे जस्तै बिकास नगरभर गर्ने बताए ।
नेपाली काग्रेस १ वडा ईकाई समितिका सभापति हरिकृष्ण महर्जनकाे अध्यक्षतामा भएकाे कार्यक्रममा काग्रेस बागमती प्रदेश समितिका सदस्य जानकी गिरी, वडा अध्यक्षका उम्मेदवार सबिन न्याैपाने लगायतको उपस्थिति रहेको थियो । कार्यालय उद्घाटन पछि गठबन्धनकाे टाेलीले चाईनाक्वाटरमा घरदैलाे कार्यक्रम समेत गरेकाे थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

थप समाचार