२१ बैशाख, हेटौंडा ।हेटौंडामा फेरी एकजना वडाध्यक्षका उम्मेदवारले निर्वाचन आचार संहितको धज्जी उडाएका छन् । हेटौंडा-१८ का एमालेका वडाध्यक्षका उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचार संहित उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा करिब १५ घरधुरीलाई बाड्न लैजादै गरेको करिब २०० थान जस्तापाता नियन्त्रणमा लिइएको हो ।
वडाध्यक्षका उम्मेदवार बानियाँले चुनाव प्रभाव पर्न हेटौंडा उपमहानगरपालिकाको रकमबाट खरिद गरि आचार संहित विपरीत उक्त जस्तापाता बाड्न लागेको स्थानीयले आरोप लगाएका छन् ।
बानियाँले हेटौंडा १८ लालभित्तेमा बाड्न लादै गरेको जस्तापाता रामधुनीमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउने तयारी भइरहेको बुझिएको छ।
बानियाँ यस अघि एमालेबाट उम्मेदवार रहि सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए भने स्थानीय तह सदस्य निर्वाचन-२०७९ अन्तर्गत सोही वडाको एमालेबाट पुन: वडाध्यक्षमा मनोनयन दर्ता गरेका उम्मेदवार हुन।
चैत २५ गतेबाट निर्वाचन आचार संहित लागु भइसकेको छ।आचार संहित अनुसार कुनै पनि उम्मेदवार वा कुनै राजनैतिक दलले सहयोग,राहत वितरण गर्न मिल्दैन। बानियाँले आचार संहित उल्लंघन गरेपछि यतिबेला हेटौंडा-१८ असान्त बनेको छ। यता यस विषयमा बुझ्दा हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले उक्त बिषयको जानकारी नआएको बताएका छन्।
१० जेठ, काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु-१७ एशियन कप छनोट खेलका नेपाल समूह 'एफ' मा परेको छ । मंगलबार...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुँदैछ । सरकारका तर्फबाट संघीय...
१० वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । छ । मंगलबार छापावल सुनको मूल्य तोलाको ९८ हजार...
१० जेठ, बीरगञ्ज । बीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्तिम...
१० जेठ, काठमाडौं । पुनः मतगणनाको मागपछि पोखरा महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेले पुर्न मतगणनाको माग...
१० जेठ, हेटौंडा । चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा रेणु दहाल निर्वाचित भएकी छन् । उनी ५२ हजार ३० मतका साथ...
१० जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत हुँदैछ । सरकारका...
१० जेड, हेटौंडा । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थप पाँच दिन...
१० जेड, हेटौंडा । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ को समिक्षा गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार...
७ जेठ, हेटौंडा । मकवानपुरको मनहरीमा कार दुर्घटना हुँदा हेटौंडा-९ का योग्यराज सापकोटा (विदुर) गम्भीर घाइते भएका छन...
३१ बैशाख, हेटौंडा । हेटौंडामा १७०० मत गन्दा ४२ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । वडा नम्बर...
२ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा गठबन्धनकी उम्मेदवार एकीकृत समाजवादीकी मिना...
१ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचन अन्तरगत हेटौंडाको मेयरमा राप्रपाका दिपकबहादुर सिंहले अग्रता लिएका छन्...
९ जेठ,हेटौंडा । हेटौंडा-८ का निर्वाचित वडाध्यक्ष रामकृष्ण थापाले आफूलाई उपलब्ध हुने सरकारी साधन नचढ्ने घोषण...
१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १, २, १८ र १९ को मत गणना जारी रहँदा मेयर पदमा गठबन्धन र एमालेका...
२८ बैशाख, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ...
७ जेठ, हेटौंडा । मकवानपुरमा शुक्रबार बेलुकी सबै वडाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका १०२...
९ जेठ, हेटौंडा । स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट निर्वाचित भए लगतै पदभार ग्रहण गरेका हेटौंडा...