१९ जेष्ठ, हेटौंडा । सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । सङ्घीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरूलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो ।
प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा गएको छ । सबैभन्दा धेरै बजेट पाएको बागमती प्रदेशमा २० अर्ब ३२ करोड, ६६ लाख रकम हस्तान्तरण हुने छ । बागमतीमा ८ अर्ब ४० करोड ४६ लाख समानीकरण अनुदान, १० अर्ब ९ करोड २० लाख ससर्त अनुदान, ७९ करोड विशेष अनुदान, १ अर्ब ४ करोड समपुरक अनुदान छुट्याइएको छ ।
यसैगरी सबैभन्दा कम वित्तीय हस्तान्तरणबाट अनुदान पाएको गण्डकी प्रदेशले १६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँमा पाएको छ । प्रदेश एकमा १९ अर्ब ९ करोड ९१ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ । मधेस प्रदेश तर्फ १९ अर्ब १५ करोड ९ लाख रुपैयाँ हस्तान्तरण हुने भएको छ ।
लुम्बिनी प्रदेशमा समानीकरण अनुदान ८ अर्ब ५४ करोड १७ लाख रुपैयाँ, ससर्त अनुदान ८ अर्ब ७१ करोड २२ लाख रुपैयाँ, ३८ करोड ३५ लाख रुपैयाँ विशेष अनुदान र समपुरकमा ७३ करोड ९० लाख रुपैयाँ गरी १८ अर्ब ४७ करोड ६४ लाख पाएका छन् ।
कर्णालीमा समानीकरण अनुदान १० अर्ब ७२ करोड ६४ लाख रुपैयाँ, विशेष अनुदान ५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ, ६६ करोड ८० लाख र समपुरक तर्फ १ अर्ब २१ करोड ५० लाख रुपैयाँ गरी जम्मा १८ अर्ब ३० करोड ६१ लाख रुपैयाँ हस्तान्तरण भएको हो । बजेटले सुदुरपश्चिम प्रदेशमा १७ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ ।
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...




-1788745767.jpg)













