Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैै 

budget_20210522133653-1655263833.jpg

१ असार, हेटौंडा । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९÷८० को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार सबै प्रदेशले हरेक असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ । जसअनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । 
प्रदेश सरकारले आफ्नो कार्यकालको अन्तिम बजेट आज एकै दिन प्रस्तुत गर्न लागेका हुन् ।बजेटमा केही वितरणमुखी र धेरैजसो पुरानै कार्यक्रम तथा योजना समेट्ने प्रदेश सरकारको तयारी छ । प्रदेश १ सरकारले ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । 
प्रदेश १ को नीति तथा कार्यक्रममा कृषि क्षेत्र मुख्य प्राथमिकतामा रहेको थियो । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारी झन्डै ३४ अर्बको बजेट ल्याउँदैछ । त्यस्तै, वाग्मती प्रदेश सरकारले संघीय र प्रादेशिक चुनावलाई लक्षित गरी ठूलो आकारको बजेट ल्याउँदैछ । चालु आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको वाग्मती सरकारले बढाएर बजेट ल्याउन लागेको हो ।  
गण्डकी प्रदेश सरकारले पनि चुनाव केन्द्रित बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षका लागि ३० अर्ब ९० करोडको बजेट ल्याएको गण्डकीले झन्डै ६ अर्ब बढाउने तयारी गरेको छ । यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि आउँदो वर्षको बजेटको आकार बढाउने तयारी गरेको छ ।
 लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट ४१ अर्बको रहेको थियो ।कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षकै हाराहारीमा बजेट सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३६ अर्ब ५४ करोड बराबरको बजेट ल्याएको थियो । 
यस्तै, सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको भन्दा केही बजेट बढाएर ल्याउने तयारी छ । आउँदो आर्थिक वर्षका लागि ३४ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशले ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार