Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बागमती प्रदेशमा युरिया मल कारखाना स्थापनाको लागी अध्ययन हुने 

FV2MdxtaIAAMQyy-1655909128.jpg

८ असार, हेटौंडा । बागमती प्रदेशमा युरिया मल कारखाना स्थापनका लागी सम्भाव्यता अध्यय्न गरिने भएको छ ।
बुधबार हेटौंडामा कृषि तथा पशुपन्छी बिकास मन्त्रालय, बागमती प्रदेश र काठमाडौ बिश्वबिद्यालय, काभ्रेपलान्चोकबीच युरिया मल उत्पादन सम्बन्धी सम्भाव्यता अध्यन र बिस्तृत परियोजना तयारीका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका मन्त्री बसुन्धरा हुमागाई र काठमाडौं विश्व विद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै मन्त्री हुँमागाईले ६ महिना भित्र अध्ययन सकिने र त्यसपछि मल कारखाना स्थापनाको आवश्यक कार्य अघि बढाइने दावी गरे । 
उनले मल कारखाना सञ्चालन गर्न सके प्रतिवर्ष २ लाख मेट्रिटन मल उत्पादन हुने र कारखाना निर्माणका लागी ६० देखी ७० अर्ब लाग्ने अनुमान गरिएको बताए र
यस्तै विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले मल कारखाना स्थापनाका लागी विस्तृत परियोजना प्रतिवेदन महत्वपूर्ण हुने उल्लेख गर्दै प्रतिवेदन कार्यन्वयनमा सरकार लाग्ने विश्वास व्यक्त गरे । 
सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, विश्वविद्यालयका डिन प्रा.डा. बालचन्द्र लुईटेल लगाएतको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
फास्ट ट्रयाक समयमै सम्पन्न गर्ने गरी संयोजन गर्न सरकारलाई निर्देशन
rajey-bebastha-1713573437.jpg

८ बैशाख, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग...

त्रिभुवन विमानस्थलबाट सुनसहित एक महिला पक्राउ
Screenshot_20240420_06135-1713572949.jpg

८ बैशाख, हेटौंडा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय महिला पक्राउ परेकी छिन् ।  पक्राउ...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1713572046.jpg

८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

थप समाचार