९ असार, हेटौंडा । पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको शेयर बजार मापक नेप्से परिसूचक बिहीवार पनि उच्च अंकले गिरावट आएको छ ।
बिहीवार नेप्से परिसूचक ४५.२५ अंक घटेर १८४८.२८ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंकले घटेको छ ।
बिहीवार कारोबारमा आएका २३७ कम्पनीको ५० लाख ८ हजार कित्ता शेयर १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
बिहीवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।
बिहीवार नेप्से परिसूचक उच्च गिरावट आएपनि दुई कम्पनीको शेयर कारोबार भने सकारात्मक सर्किट लेभलमा भएको छ । जसमा आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै, यता शिवश्री हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने सामलिङ्ग पावर कम्पनी र जोशी हाइड्रो पावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा साढे ९ करोडभन्दा बढीको शेयर कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । लक्ष्मी बैंकको ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
१५असार,हेटौंडा। मकवानपुरको राक्सिराङमा दुईजनालाई स्थानीय खोलाले बगाएको छ। बुधबार परेको अविरल बर्षाका कारण...
१५ असार, हेटौंडा । १९ औं राष्ट्रिय धान दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय...
१५ असार, हेटौंडा । शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च...
१५ असार, हेटौंडा । देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका...
१५ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले फुटबल क्षेत्रको बिकासका लागि सरकारले सक्दो सहयोग गर्ने...
१५ असार,हेटौंडा। वागमती प्रदेशको राजधानी हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडकखण्डमा पहिरो खसेको...
१५ असार, हेटौंडा । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री...
१५ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले विपद व्यवस्थापनका लागि तयारी अवस्थामा रहन...
१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज मनाइदै गरिएको राष्ट्रिय धान दिवसका...
४ असार,हेटौंडा। भिमफेदी र बकैयाको सिमानामा रहेको लटरम्भेश्वर मन्दिर नजिक शव भेटिएको छ। मकवानपुरको...
१३ असार, हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले हेटौंडा अस्पतालमा देखिएको कमजोरी सुधार्ने...
७ असार, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हेटौंडा-१७ मा ट्रकको ठक्करबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा...
१४ असार, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल र दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी...
१० असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ पशुपतिनगरमा ट्यांकर र बस ठोक्किदा १६ जना घाइते भएका...
८ असार, हेटौंडा । मकवानपुर प्रहरीले एक व्यक्तीलाई बन्धक बनाई फिरौती रकम माग्ने तिन युवालाई पक्राउ गरेको छ।...
८ असार,हेटौंडा । हेटौंडाको मुटु मानिएको हेटौंडा-१० बसपार्क क्षेत्रमा आफै उम्रेको लागुऔषध गाँजा फडानी गरेर जलाएर...
७असार,हेटौंडा।श्रीमतीको हत्या आरोपित मकवानपुरगढीका एक पुरुषलाई दोषी ठहर गर्दै मकवानपुर अदालत अदालतले दोषी ठहर...
१४ असार,हेटौंडा। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ युवा पक्राउ परेका छन्। हेटौंडामा अनलाइन जुवा खेल्ने १२ जनालाई...