१२ असार,हेटौंडा। हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको छ ।
उपमहानगरको एघारौं नगरसभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष २०७९/०८०को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रूपैयाको बजेट प्रस्तुत गरेका हुन् ।बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ। सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन गरिएको हो। बजेट प्रस्तुतिका क्रममा उपमेयर राजेश बानियाँका अनुसार सीमान्तकृत तथा गरिव १५४१ घरपरिवारको स्वास्थ्य वीमाका लागि ५३ लाख रुपैयाँ विनियोजित गरिएको छ ।
त्यसैगरी वन तथा वातावरण तर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा सस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ । विविध कोष तर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको छ ।
उपमहानगरपालिकाले सिसिटिभी मर्मत तथा सुधारका लागि ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । वातावरण तथा बिपद् व्यावस्थापनका लागि १२ करोड ६ लाख रुपैयाँ बिनियोजन गरिएको छ।महिला, बालबालिका, सामाजिक बिकास क्षेत्रका लागि ८३ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी युवा तथा खेलकुदका क्षेत्रमा ३ करोड ७३ लाख रुपैयाँ छुट्याइएको छ। यता हेटौंडा -५ मा रहेको पिप्ले क्याम्पा रङ्गशालाको पुर्वाधार विकासका लागि २५ लाख र हेटौंडामै अर्को मिनि रङ्गशालाका निर्माणका लागि ८० लाख विनियोजन गरिएको छ। एमाले जनप्रतिनिधिले अवरोध गरेको १० गतेको निति तथा कार्यक्रममा आज सहमति भएसँगै उपमहानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।
१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...





-1782436668.jpg)











-1780-1781487498.jpg)
