Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

हेटौंडाको बजेट २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार

FB_IMG_1656251550937-1656252153.jpg

१२ असार,हेटौंडा। हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको छ ।
उपमहानगरको एघारौं नगरसभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष २०७९/०८०को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार  रूपैयाको बजेट प्रस्तुत गरेका हुन् ।बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ। सामजिक विकास तर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकास तर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन गरिएको हो। बजेट प्रस्तुतिका क्रममा उपमेयर राजेश बानियाँका अनुसार सीमान्तकृत तथा गरिव १५४१ घरपरिवारको स्वास्थ्य वीमाका लागि ५३ लाख रुपैयाँ विनियोजित गरिएको छ । 
त्यसैगरी वन तथा वातावरण तर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा सस्थागत विकास तर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ । विविध कोष तर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको छ ।
उपमहानगरपालिकाले सिसिटिभी मर्मत तथा सुधारका लागि ४० लाख रुपैयाँ बिनियोजन गरेको छ । वातावरण तथा बिपद् व्यावस्थापनका लागि १२ करोड ६ लाख रुपैयाँ बिनियोजन गरिएको छ।महिला, बालबालिका, सामाजिक बिकास क्षेत्रका लागि ८३ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी युवा तथा खेलकुदका क्षेत्रमा ३ करोड ७३ लाख रुपैयाँ छुट्याइएको छ। यता हेटौंडा -५ मा रहेको पिप्ले क्याम्पा रङ्गशालाको पुर्वाधार विकासका लागि २५ लाख र हेटौंडामै अर्को मिनि रङ्गशालाका निर्माणका लागि ८० लाख विनियोजन गरिएको छ। एमाले जनप्रतिनिधिले अवरोध गरेको १० गतेको निति तथा कार्यक्रममा आज सहमति भएसँगै उपमहानगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कतारका अमिर अल थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
PRO_KTM_PRACHANDA_QATARKI-1713942381.jpg

१२ बैशाख, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...

नेपाल र कतारबीच द्विपक्षीय सम्झौता सम्पन्न
nepal-qatar-memorendom-1713941756.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...

जीप र मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
accident.-1713933582.jpg

१२ बैशाख, झापा ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...

आईपिएल: लखनउद्वारा चेन्नईमाथि ६ विकेटको जित हासिल
109532637-1713923853.jpg

१२ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर...

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने
Screenshot_20240424_07305-1713923166.jpg

१२ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् ।...

कतारका शेख र नेपालका प्रधानमन्त्रीबिच आज द्विपक्षीय वार्ता हुने
amirjpg-pp-1713922484.jpg

१२ बैशाख, हेटौंडा । कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबिच आज द्विपक्षीय वार्ता हुने...

हावाहुरी र छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713921857.jpg

१२ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

थप समाचार