२२ कार्तिक,हेटौँडा । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक हेटौंडामा आयोजना गरेको हक्की खेलको एम्पायरिङ तालिम बुधबार सम्पन्न भएको छ ।
तालिममा साविकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २/२जना गरी कुल १२ जनाको सहभागिता रहेको थियो । तालिममा दक्षिण एसियाली हक्की प्रतियोगितामा कास्य पदक विजेता विमला भट्टसहित ३ महिला खेलाडी पनि सहभागीता जनाएका थिए । हक्की खेलका अन्तर्राष्ट्रिय एम्पायर सकिल कुरेसीले सहभागि १२ जना खेलाडीलाई एम्पाएर तालिमको प्रशिक्षण दिएको र तालिमसँगै परीक्षा लिएर उत्तीर्ण हुनेलाई एम्पायरको लाइसेन्स समेत प्रदान गरिएकोे हक्की संघका उपाध्यक्ष अनिल शर्माले जानकारी दिए । तालिमपछि लाइसेन्स प्राप्त गर्ने एम्पायरले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर पाउने छन शर्माले बताए । ७ दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक सकिल कुरेसीले खेलाडीको क्षेमता र दक्षता देखेर खुशी लागेको बताउदै एम्पाएरका तालिम लिएका खेलाडीबाट हक्की खेलमा विकास हुने आशा व्यक्त गरे ।
नेपाल हक्की संघका उपाध्यक्ष अनिल शर्माको अध्यक्षतामा भएको कार्यमक्रममा प्रमुख अतिथि रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर प्रकाश प्रधानले राणाशासनको पालादेखिबाट हक्की खेल खेल्दै आएपनि हक्की खेलको विकास हुन नसकेको र गाउँघरमा खेललाई सरलीकरण गरेर निर्णायकको जिम्मा खेलाडीलाई दिनु पर्ने बताए । कार्यक्रममा नेपाल हक्की संघका सचिव रञ्जन थापा, जिल्ला अध्यक्ष प्रताप सिंह क्षेत्री लगायतकाको उपस्थिती रहेको थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

















