६ असोज, हेटौंडा । एसियाली विकास बैँक (एडीबी)ले चालु आर्थिक वर्ष २०७९÷८० अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।
सन् २०२२ मा ५ दशमलव ८ प्रतिशत रहेको आर्थिक वृद्धिदरमा २०२३ मा केही सङ्कुचन आउने एडीबीले अनुमान गरेको हो । सरकारले अहिले लिएका नीतिहरू मुख्य कारण रहने एडीबीको विश्लेषण छ । एडीबीले गत अप्रिलमा ५ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको थियो ।
सरकारले आयातमा अङ्कुश लगाइरहेको भन्दै यसले अर्थतन्त्रको विस्तारमा नकारात्मक असर पुग्ने एडीबीका कन्ट्री निर्देशक अर्नाउड काउकोइसले बताए । एडीबीले बुधबार एसियन डेभलपमेन्ट आउटलुक २०२२ सार्वजनिक गर्दै यस वर्ष सरकारले ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।
आयात प्रतिस्थापनका कारण चालिएका कदमले घरेलु उतपादन र उपयोगमा समेत असर पर्ने एडीबीको भनाइ छ । जलविद्युतको बढ्दो उत्पादन र उद्योगको क्षमता उपयोगमा वृद्धि हुने अनुमान गरिएको छ । व्याजदरमा भएको वृद्धिले रियल इस्टेट, थोक तथा खुद्रा व्यापार भने प्रभावित हुने अनुमान छ ।
आगामी निर्वाचनले भने खर्च बढाउने र जीडीपीको वृद्धिमा समेत सकारात्मक प्रभाव पर्ने एडीबीले जनाएको छ । सन् २०२२ मा ६ दशमलव ३ प्रतिशत रहेको मुद्रास्फीति चालु आवमा ६ दशमलव १ मा सीमित हुने अनुमान गरिएको छ ।
१९ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार...
१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ...
१९ मंसिर, चितवन । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा तिब्र सुधार भइरहेको बताएका छन् । भरतपुरमा...
१९ मंसिर, हुम्ला । सामुदायिक स्वास्थ्य इकाई उनापानीमा कार्यरत अहेव अंग फडेरा मृतावस्थामा फेला परेका छन् ।...
१९ मंसिर, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा...
१९ मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलबार भने घटेको छ। अघिल्लो...
१९ मंसिर,हेटौंडा । हेटौंडाको छुट्टा छुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा दुइ जना गम्भिर घाइते भएका छन्...
१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको...
१८ मंसिर, चितवन । प्रधानमन्त्री कप महिला प्रतियोगिताको बागमती छनोटमा काठमाडौंले उपाधी हात जितेको छ । चितवनको...
११ मंसिर, हेटौंडा । हेटौंडा ५ स्थित एक पसलमा गएराति चोरी भएको छ । आइतबार राति हेटौंडा ५ कान्तिलोकपथ पुरानो...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृतक एक महिला र...
७ मंसिर,हेटौंडा । हेटौंडाको मेनरोडमा स्कुटरले पैदलयात्री एक महिलालाई ठक्कर दिदा महिला घाइते भएकी...
११ मंसिर,हेटौंडा । मकवानपुरमा कम्मर भन्दा माथि हड्डी मात्र भएको सडेगलेको अवस्थामा शव फेला परेको छ । मकवानपुर...
७ मंसिर,किर्तिपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूह र युवासंघका कार्यकताबिच काठमाडौँको बल्खुमा...
१४ मंसिर, हेटौंडा । मकवानपुरगढीमा बिहीबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा मृत्यु हुने आमाछोरा रहेको खुलेको छ...
१७ मंसिर,हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ चखेल...
११ मंसिर, हेटौंडा । मकवानपुरको हेटौंडा–१६ चिसापानीमा खाग (जंगली माहुरी)को टोकाईबाट दुई महिला घाइते भएका छन्...
११ मंसिर,हेटौँडा । अखिल नेपाल महिला संघ मकवानपुरको अध्यक्षमा पुनः सुमित्रा काफ्ले चयन भएकी छिन् । संघ...