Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अर्थ

कामधेनु सहकारीको २४ औं भेला सम्पन्न

पत्रकार सहित १४ जना सम्मानित

sahakari-1665833652.jpg

२९, असोज, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष उदय विडारीले संस्थागत प्रतिवेदन, उपाध्यक्ष उदय प्रकाश दहालले ऋण समितिको प्रतिवेदन, खुत्रुके बचत उपसमितिकी संयोजक अम्बिका सापकोटाले खुत्रुके बचत उपसमितिको प्रतिवेदन र ब्यवस्थापक भीमसेन पौडेले आव. ०७८÷०७९ को लेखा परीक्षण प्रतिवेदन र चालु आव. ०७९÷०८० को लागि २ करोड ८५ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए । 
साधारणसभामाको अवसरमा पत्रकार सहित १४ जनालाई सम्मान गरिएको छ । संस्थाको भवन निर्माणमा सहयोग गर्ने रुपेश दुलाल, सिधाखवर डटकमका सम्पादक श्रीराम दाहाल, संस्थापक शेयर सदस्य रविलाल गौतम र दामोदार तिमल्सिना बढी ब्याज बुझाउने बुद्धरत्न मानन्धर, बढी सेवा शुल्क बुझाउने पदमलाल लम्साललाई सम्मानित गरिएको थियो । 
यसैगरि एकल महिला कमला कुमारी आचार्य, ज्येष्ठ शेयर सदस्य दिर्घमणी भट्टराई, खुत्रुके बचतमा बढी रकम जम्मा गर्ने आदेश गौतम र सम्पदा सिग्देल, निक्षेपमा बढी रकम जम्मा गर्ने केदार प्रसाद अधिकारी, ब्यवसायी गायत्री राई र एसइइमा उत्कृष्ठ अंक हासिल गर्ने प्रतिक ढुङगाना र रेखा गौतमलाई समेत सम्मानित गरिएको थियो । 
नेपाली काँग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष उदय विडारीको सभाध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, संस्थाका संस्थापक अध्यक्ष बासुदेव सापकोटा, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, संस्थाका सल्लाहकार गौरबकुमार पराजुली, नौलो विहानी कृषि सहकारीका अध्यक्ष भरत सापकोटा, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, नारीचेतना सहकारीका कार्यवाहक अध्यक्ष राधिका गौतम, प्रगतिशिल महिला आपसी विकास संस्थाकी अध्यक्ष बनारसी उप्रेती, चौघडा सहकारीका सचिव अर्जुनप्रसाद हुमागाई, संस्थाकी सदस्य मन्दिरा घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका  थिए ।
हेटौडा–६ र १७ कार्यक्षेत्र रहेको सहकारीको २ करोड २८ लाख निक्षेप र ३१ लाख शेयर पूँजी रहेको सहकारीमा ६ सय ३० जना शेयर सदस्यहरु आवद्ध रहेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार