Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

राजदेवी सहकारीको भेलामा ६ जना पुरस्कृत

FB_IMG_1670596218289-1670596343.jpg

२३मंसिर, हेटौडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा शुक्रवार सम्पन्न भएको छ ।हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, उपाध्यक्ष रामप्रसाद भट्टले ऋण उपसमितिको प्रतिवेदन, कोषाध्यक्ष कृष्ण प्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रमेश कुमार पराजुलीले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए। साधारणसभामा ज्येष्ठ शेयर सदस्य डिल्लिमाया कुँवर, लक्ष्मण सापकोटा, असली कारोवारी प्रकाश पाण्डे, असली बचतकर्ता भुवानी शंकर लम्साल र बाल बचतमा शसांक श्रेष्ठ र संस्कृतिक धमलालाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा संस्थापक अध्यक्ष दिब्यराज धमला, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य विजय बस्नेत, राजदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिना, मकवानपुर नमूना बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक बद्री भण्डारी, सञ्चारकर्मी भीमसेन पौडेल, राजदेवी माविका प्रअ सानुकाजी पाण्डे, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।५ सय ९७ जना शेयर सदस्य रहेको सहकारीले गत आवमा ४ करोड २८ लाखको कारोवार गरेको संस्था सचिव श्यामलाल श्रेष्ठले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

थप समाचार